अमेरिकासँगको व्यापार विवाद : चीनले बाहिरी दबावसँग ‘आत्मसमर्पण नगर्ने’ « Khabarhub

अमेरिकासँगको व्यापार विवाद : चीनले बाहिरी दबावसँग ‘आत्मसमर्पण नगर्ने’


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बेइजिङ– अमेरिकाले चिनियाँ सामानको आयातमा भन्सार बढाएपछि चीनले बाहिरी दबावसँग कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङ सुहाङले चीनले कुनै वाह्य दबावसँग आत्मसमर्पण नगर्ने जनाएका हुन् ।

गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ खर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा यसअघि लाग्दै आएको १० प्रतिशत भन्सार शुल्क बढाएर २५ प्रतिशत पु¥याएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो ।

त्यसबाहेक राष्ट्रपति ट्रम्पले आफ्ना व्यापारिक प्रतिनिधिलाई अरु ३ खर्ब भन्दा धेरैका चिनियाँ सामानमा पनि भन्सार शुल्क बढाउनका लागि गृहकार्य गर्न निर्देशन दिएको बताइएको छ ।

चीनले अमेरिकी कदमको जवाफ दिने बताउँदै आएपनि हालसम्म कुनै कदम चालिसकेको छैन ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  २ : ४६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको