अमेरिकासँगको व्यापार विवाद : चीनले बाहिरी दबावसँग ‘आत्मसमर्पण नगर्ने’ | Khabarhub Khabarhub

अमेरिकासँगको व्यापार विवाद : चीनले बाहिरी दबावसँग ‘आत्मसमर्पण नगर्ने’


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बेइजिङ– अमेरिकाले चिनियाँ सामानको आयातमा भन्सार बढाएपछि चीनले बाहिरी दबावसँग कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङ सुहाङले चीनले कुनै वाह्य दबावसँग आत्मसमर्पण नगर्ने जनाएका हुन् ।

गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ खर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा यसअघि लाग्दै आएको १० प्रतिशत भन्सार शुल्क बढाएर २५ प्रतिशत पु¥याएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो ।

त्यसबाहेक राष्ट्रपति ट्रम्पले आफ्ना व्यापारिक प्रतिनिधिलाई अरु ३ खर्ब भन्दा धेरैका चिनियाँ सामानमा पनि भन्सार शुल्क बढाउनका लागि गृहकार्य गर्न निर्देशन दिएको बताइएको छ ।

चीनले अमेरिकी कदमको जवाफ दिने बताउँदै आएपनि हालसम्म कुनै कदम चालिसकेको छैन ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  २ : ४६ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका