आगलागीका कारण २ दलित परिवारको बिचल्ली « Khabarhub

आगलागीका कारण २ दलित परिवारको बिचल्ली


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा आगलागीबाट २ घरमा क्षति पुगेको छ । आगलागीमा ९ लाख ५० हजार बढीको क्षति भएको जनाइएको छ।

ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घर जलेको हो । आइतबार भएको आगलागीमा सुवासको ६ लाख ८५ हजार र नरबहादुरको २ लाख ६९ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए ।

आगलागीमा घर तथा घरमा रहेका धनमाल जलेर नष्ट भएपछि २ दलित परिवारको विचल्ली भएको छ ।

आगो नरबहादुरको घरदेखि शुरु भए पनि कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । अचानक लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

आगलागीपीडित दलित परिवार अहिले छिमेकीको आश्रयमा बसिरहेका छन् । उनीहरुलाई छिमेकीले खाना तथा बासको व्यवस्था मिलाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  २ : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको