विदेशी कामदारका लागि मलेसियामा नयाँ नियम, अब विमानस्थलमै स्वास्थ्य परीक्षण गर्नुपर्ने « Khabarhub

विदेशी कामदारका लागि मलेसियामा नयाँ नियम, अब विमानस्थलमै स्वास्थ्य परीक्षण गर्नुपर्ने


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया सरकारले रोजगारीका लागि आउने विदेशी कामदारको स्वास्थ्य परीक्षण त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमै गर्ने तयारी थालेको छ ।

विमानस्थलमै गरिने स्वास्थ्य परीक्षणमा गम्भीर प्रकारको रोग लिएर मलेसिया भित्रिएका विदेशी कामदारलाई त्यहाँबाट फर्काइने मलेसियाली मानव संशाधन मन्त्रालयले जनाएको छ ।

रोजगारीका लागि मलेसिया जाने आप्रवासी कामदारसँगै विभिन्न प्रकार संक्रमित रोग भित्रिन थालेको भन्दै मलेसियाले विमानस्थलमै स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

यसरी स्वास्थ्य परीक्षण गर्नका लागि मलेसिया सरकारले विमानस्थलमा छुटै स्वास्थ्य डेस्क स्थापनाको तयारी थालेको छ ।

विमानस्थलमा स्वास्थ्य परीक्षण गर्ने विषयमा मलेसियाली मानव संशाधन मन्त्री एम कुलासेगरनले सम्बन्धित देशका कुटनीतिक नियोगसँग छलफल चलाइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमै स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य डेस्क स्थापना गर्ने विषयमा मलेसियाको मन्त्रिपरिषद् वैठकमा छलफल भए पनि निर्णय हुन भने बाँकी रहेको जनाइएको छ ।

मलेसियाको संसदले भने विमानस्थलमा स्वास्थ्य परीक्षण गराउने विषयमा सहमति जनाइएको मलेसियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

रोजगारीका लागि मलेसिया आउने विदेशी कामदारको स्वास्थ्य परीक्षण विमानस्थलमै गराउन पर्ने भन्दै त्यहाँका रोजगारदाताले धेरै पहिलेदेखि सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

कुनै रोजगारदाता कम्पनी आफैंले खर्च गरी मगाएको कामदार स्वास्थ्य परीक्षणमा असफल भएर फर्किनु पर्दा अर्को कामदारका लागि १ महिनासम्म कुर्नु पर्ने छ । यो विषयमा मलेसियाका विभिन्न टे«ड युनियनले सहमति जनाइरहेका छन् ।

विमानस्थलमा स्वास्थ्य परीक्षण गरिएका कामदारलाई २ दिनसम्म रिपोर्टका लागि एयरपोर्टमै कर्नुपर्ने छ । उनीहरुको स्वास्थ्य परीक्षण गराएपछि रोजगारदाता कम्पनीमा नभइ सरकारी आवासमै राखिने छ ।

स्वास्थ्य परीक्षणमा असफल भएका विदेशी श्रमिकलाई रोगको अवस्था हेरी विमानस्थलबाटै स्वदेश फकाइन जनाइएको छ ।

मलेसिया रोजगारीमा आउने विदेशी कामदारको स्वास्थ्य परीक्षण मलेसियाको विमानस्थलमा गराउने विषयमा यहाँको सम्बन्धित निकायसँग छलफल गरिएको मलेसियास्थित नेपाल दूतावासले जानकारी दिएको छ ।

मलेसिया रोजगारीमा आउने नेपाली कामदारले नेपालकै स्वास्थ्य संस्थामा राम्रोसँग स्वास्थ्य परीक्षण गरेर आउनुपर्ने दूतावासले जनाएको छ ।

पछिल्लो समय रोजगारीका लागि मलेसिया आएका विदेशी कामदार स्वास्थ्य परीक्षण असफल भए पनि अवैध भएर काम गर्ने क्रम बढेपछि मलेसिया सरकारले नयाँ नियम लागू गर्न लागेको हो ।

रोजगारीका लागि मलेसिया पुगेका विदेशी कामदारको वर्षको एकपटक अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ ।

हाल मलेसियामा करिब ४ लाख नेपाली श्रमिक कार्यरत रहेको सरकारी अनुमान छ । जसमध्ये १ लाखभन्दा धेरै नेपाली अवैध रुपमा मलेसियामा कार्यरत छन् ।

मलेसिया र नेपाल सरकारबीच गत कात्तिक महिनामा सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । सोही सम्झौतामा उल्लेख भएअनुसार हाल नेपालमा नयाँ मापदण्डअनुसार स्वास्थ्य परीक्षण गराउन मेडिकल र स्वास्थ्य संस्थाको छनोट भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयले गत वर्षको जेठ महिनामा मलेसिया रोजगारीमा जाने कामदारमाथि आर्थिक शोषण गरेको आरोपमा बायोमेट्रिक, आईएससी, ओएससी, भीएलन र माइग्राम्सको काम गर्ने पाँच वटा संस्था खारेज गर्ने निर्णयपछि त्यहाँको रोजगारी बन्द छ ।

यो निर्णय हुनभन्दा पहिला कलिङ भिसा लागेका कामदारको हकमा गत चैतदेखि अन्तिम श्रम स्वीकृति जारी गर्ने थालिएको छ । मलेसिया नेपाली युवा युवतीका लागि प्रमुख रोजगार गन्तव्य देशभित्र पर्छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ३ : ३१ बजे

गोकुल बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

काठमाडौँ- नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद

कांग्रेस प्रवक्ता महत र सीके राउतबीच भेटवार्ता

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका

माओवादीको निर्णयले गठबन्धनको भविष्य अन्यौलमा

काठमाडौँ : प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले सरकार निर्माणको विकल्प

एल साल्भाडोरमा अपराधिक गिरोहविरुद्धको कारवाही तीव्र

काठमाडौँ- अपराधिक गिरोहविरुद्धको कारवाहीका क्रममा करिब १० हजार सुरक्षाकर्मीले एल

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं – जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका