प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि काठमाडौंका पाँच वडाबाट परेन एउटै आवेदन « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि काठमाडौंका पाँच वडाबाट परेन एउटै आवेदन


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रोजगारी पाँउ भनेर काठमाडौं महानगपालिकाका ५ वडाबाट कसैको पनि आवेदन नपरेपछि पुन: दोस्रो पटक खुलाइएको समयसीमा मंगलबार (भोलि) सकिँदैछ ।

चैत मसान्तसम्म संकलन गरेको आवेदनमा महानगरपालिकाका ३२ वडामध्ये वडा नं २८, २९, ३०, ३१ र ३२ वडाबाट एउटा पनि आवेदन नपरेपछि महानगरपालिकाले  वैशाख मसान्तसम्मको समयसीमा राख्दै दोस्रो पटक आवेदन माग गरेको थियो ।

सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई तत्काल फारम भर्न समेत महानगरले आग्रह गरेको छ। काठमाडौं महानगरमापलिकाबाट अन्य वडाबाट भने करिब ३ सय वटा आवेदन परेको महानगरपालिकाले जनाएको छ ।

रोजगार कार्यक्रममा सूचीकृत भएपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा नै महानगरपालिकाले रोजगारी खोजी दिने छ । प्रधानमन्त्री रोजगार कार्यक्रम गएको फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओली गरेका थिए । जसअनुसार श्रम मन्त्रालयले बेरोजगार युवालाई सूचीकरणमा आउन अपिल गरेको थियो ।

सूचिकरणमा परेका युवालाई सय दिनको काम पाउने, काम नपाउनेले निर्वाह भत्ताको व्यवस्था रहेको छ । एक आर्थिक वर्षमा न्यूनतम सय दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका सदस्य कोही पनि रोजगारी नभएका, परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यसका लागि आवेदन फारम भर्न पाउने व्यवस्था छ । आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र  समेत प्रदान गर्ने सरकारको योजना छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ४ : २८ बजे

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल