प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि काठमाडौंका पाँच वडाबाट परेन एउटै आवेदन « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि काठमाडौंका पाँच वडाबाट परेन एउटै आवेदन


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रोजगारी पाँउ भनेर काठमाडौं महानगपालिकाका ५ वडाबाट कसैको पनि आवेदन नपरेपछि पुन: दोस्रो पटक खुलाइएको समयसीमा मंगलबार (भोलि) सकिँदैछ ।

चैत मसान्तसम्म संकलन गरेको आवेदनमा महानगरपालिकाका ३२ वडामध्ये वडा नं २८, २९, ३०, ३१ र ३२ वडाबाट एउटा पनि आवेदन नपरेपछि महानगरपालिकाले  वैशाख मसान्तसम्मको समयसीमा राख्दै दोस्रो पटक आवेदन माग गरेको थियो ।

सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई तत्काल फारम भर्न समेत महानगरले आग्रह गरेको छ। काठमाडौं महानगरमापलिकाबाट अन्य वडाबाट भने करिब ३ सय वटा आवेदन परेको महानगरपालिकाले जनाएको छ ।

रोजगार कार्यक्रममा सूचीकृत भएपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा नै महानगरपालिकाले रोजगारी खोजी दिने छ । प्रधानमन्त्री रोजगार कार्यक्रम गएको फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओली गरेका थिए । जसअनुसार श्रम मन्त्रालयले बेरोजगार युवालाई सूचीकरणमा आउन अपिल गरेको थियो ।

सूचिकरणमा परेका युवालाई सय दिनको काम पाउने, काम नपाउनेले निर्वाह भत्ताको व्यवस्था रहेको छ । एक आर्थिक वर्षमा न्यूनतम सय दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका सदस्य कोही पनि रोजगारी नभएका, परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यसका लागि आवेदन फारम भर्न पाउने व्यवस्था छ । आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र  समेत प्रदान गर्ने सरकारको योजना छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ४ : २८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल