रचनात्मक सुझावलाई बजेट निर्माणको आधार बनाउँछौंः मन्त्री खतिवडा | Khabarhub Khabarhub

रचनात्मक सुझावलाई बजेट निर्माणको आधार बनाउँछौंः मन्त्री खतिवडा


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राष्ट्रियसभा सदस्यहरुबाट आएका रचनात्मक सुझावलाई बजेट निर्माणका क्रममा आधार बनाइने  बताएका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आगामी बर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले उपयुक्त सुझावहरुलाई बजेट निर्माणको आधार बनाउने बताएका हुन् । स्थानीय पूर्वाधार विकासका सन्र्दभमा उठेका जिज्ञासाहरुलाई मनन गरिएको भन्दै मिलाउन सक्ने विषयलाई विधिवत ढंगले समावेश गरिने बताए ।

कोरा अर्थशास्त्रले मात्रै मुलुक नबन्ने भएकाले सिद्धान्तलाई व्यवहारिक ढंगले कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिनए । विकृति हटाउने नाममा राम्रो प्रणाली फाल्न नहुने भन्दै उनले सामुहिक प्रणालीमा देखिएका समस्या समाधान गर्दै विधीय प्रणालीलाई विकास गर्दै लैजानुपर्ने बताए ।

छोटो अवधिमा वित्तीय संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बाँडफाँडको विषयमा अधिकांश कुराहरु भएको र आवश्यक कानूनहरु बनेको भन्दै उनले वित्तीय संघीयता कार्यान्वयन पूर्ण नभए पछि उल्लेख्य मात्रामा अघि बढेको स्पष्ट पारे । संघीयता कार्यान्वयनमा सरकार अघि बढ्ने भन्दै त्यसमा कुनै पनि प्रकारको शंका नगर्न पनि उनले आग्रह गरे ।

संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र परिपूरक भुमिका अनुसार नै आर्थिक र राज्य प्रणाली सञ्चालन हुनेमा उनले विश्वस्त पारे । उनले नेपालको विकासमा सहयोग गर्ने अन्तर्राष्ट्रिय निकायको भूमिकालाई पनि विर्सन नहुने भन्दै अन्तरसम्बन्धित रहेर चनाखो भई सोही आधारमा बजेटका सिद्धान्त र प्राथमिकता तय गरिनुपर्ने बताए ।

राष्ट्रिय पूँजी निर्माण नगरी राष्ट्रिय सवल अर्थतन्त्र निर्माण नहुने भएकाले राष्ट्रिय बचत गर्ने क्षमता र राष्ट्रिय उत्पादनलाई परिचालन गर्ने क्षमता वृद्धि गरी न्यायिक समाज र सवल अर्थतन्त्र निर्माण गर्दै जानुपर्ने सोच अनुसारको सिद्धान्त र प्राथमिकतामा बजेट अघि बढ्ने स्पष्ट पारे ।

उनले क्षेत्रगत भन्दा पनि नीतिगत, कार्यक्रमिक, परियोजना र आयोजनागत प्राथमिकताका आधारमा बजेटका प्राथमिकताहरु तय हुने बताए । साधन स्रोत तथा राजश्वको बाँडफाँड लगायतलाई मानवविकास सूचांक लगायतका आधारमा क्षेत्रीय सन्तुलन कायम गर्नेतर्फ सरकार गम्भीर रहेको बताए । उनले वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन, बचत र आफ्नै राष्ट्रिय पूँजीबाट सञ्चालित हुने अर्थ प्रणाली तर्फ लैजान सके आयातमुखी भनिएको अर्थतन्त्रमा सुधार आउने भएकाले यसलाई प्राथमिकता दिइने बताए । राष्ट्रिय सभाको अर्को बैठक मंगलबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ५ : १८ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास