रचनात्मक सुझावलाई बजेट निर्माणको आधार बनाउँछौंः मन्त्री खतिवडा « Khabarhub

रचनात्मक सुझावलाई बजेट निर्माणको आधार बनाउँछौंः मन्त्री खतिवडा


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राष्ट्रियसभा सदस्यहरुबाट आएका रचनात्मक सुझावलाई बजेट निर्माणका क्रममा आधार बनाइने  बताएका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आगामी बर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले उपयुक्त सुझावहरुलाई बजेट निर्माणको आधार बनाउने बताएका हुन् । स्थानीय पूर्वाधार विकासका सन्र्दभमा उठेका जिज्ञासाहरुलाई मनन गरिएको भन्दै मिलाउन सक्ने विषयलाई विधिवत ढंगले समावेश गरिने बताए ।

कोरा अर्थशास्त्रले मात्रै मुलुक नबन्ने भएकाले सिद्धान्तलाई व्यवहारिक ढंगले कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिनए । विकृति हटाउने नाममा राम्रो प्रणाली फाल्न नहुने भन्दै उनले सामुहिक प्रणालीमा देखिएका समस्या समाधान गर्दै विधीय प्रणालीलाई विकास गर्दै लैजानुपर्ने बताए ।

छोटो अवधिमा वित्तीय संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बाँडफाँडको विषयमा अधिकांश कुराहरु भएको र आवश्यक कानूनहरु बनेको भन्दै उनले वित्तीय संघीयता कार्यान्वयन पूर्ण नभए पछि उल्लेख्य मात्रामा अघि बढेको स्पष्ट पारे । संघीयता कार्यान्वयनमा सरकार अघि बढ्ने भन्दै त्यसमा कुनै पनि प्रकारको शंका नगर्न पनि उनले आग्रह गरे ।

संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र परिपूरक भुमिका अनुसार नै आर्थिक र राज्य प्रणाली सञ्चालन हुनेमा उनले विश्वस्त पारे । उनले नेपालको विकासमा सहयोग गर्ने अन्तर्राष्ट्रिय निकायको भूमिकालाई पनि विर्सन नहुने भन्दै अन्तरसम्बन्धित रहेर चनाखो भई सोही आधारमा बजेटका सिद्धान्त र प्राथमिकता तय गरिनुपर्ने बताए ।

राष्ट्रिय पूँजी निर्माण नगरी राष्ट्रिय सवल अर्थतन्त्र निर्माण नहुने भएकाले राष्ट्रिय बचत गर्ने क्षमता र राष्ट्रिय उत्पादनलाई परिचालन गर्ने क्षमता वृद्धि गरी न्यायिक समाज र सवल अर्थतन्त्र निर्माण गर्दै जानुपर्ने सोच अनुसारको सिद्धान्त र प्राथमिकतामा बजेट अघि बढ्ने स्पष्ट पारे ।

उनले क्षेत्रगत भन्दा पनि नीतिगत, कार्यक्रमिक, परियोजना र आयोजनागत प्राथमिकताका आधारमा बजेटका प्राथमिकताहरु तय हुने बताए । साधन स्रोत तथा राजश्वको बाँडफाँड लगायतलाई मानवविकास सूचांक लगायतका आधारमा क्षेत्रीय सन्तुलन कायम गर्नेतर्फ सरकार गम्भीर रहेको बताए । उनले वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन, बचत र आफ्नै राष्ट्रिय पूँजीबाट सञ्चालित हुने अर्थ प्रणाली तर्फ लैजान सके आयातमुखी भनिएको अर्थतन्त्रमा सुधार आउने भएकाले यसलाई प्राथमिकता दिइने बताए । राष्ट्रिय सभाको अर्को बैठक मंगलबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ५ : १८ बजे

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही

हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय

काठमाडौं महानगरमा आगामी आवका लागि बहाल करको दर हेरफेर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ

नेपालगन्ज– यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो