तेल बोकेका ट्यांकरलाई निशाना बनाएर आक्रमण | Khabarhub Khabarhub

तेल बोकेका ट्यांकरलाई निशाना बनाएर आक्रमण


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउदी– संयुक्त अरब इमिरेट्स युएईको फुजेइरा इमिरेटको तटपारी तेल बोकेका आफ्ना दुई ट्यांकरलाई निशाना बनाएर आक्रमण भएको साउदी अरबले जनाएको छ ।

त्यसअघि युएईले होर्मुजको स्ट्रेट नजिक चार व्यावसायिक पानीजहाजमा आक्रमण भएको जनाएको थियो । आक्रमणकारीले ‘विभिन्न मुलुकका’ पानीजहाजलाई लक्षित गरी आक्रमण गरेको जनाएपनि युएईले आक्रमणमा परेको भनिएका पानीजहाज कुन मुलुकका थिए भन्ने खुलाएको थिएन ।

साउदी अरबका उर्जामन्त्री खालिद अल फलिहले साउदी अरबको आराम्को कम्पनीले आफ्ना अमेरिकी ग्राहकका निम्ती लैजाँदै गरेका तेल बोकेका भेरी लार्ज क्रुड क्यारिअर भीएलसीसीमा आक्रमण भएको जनाएका छन् । उनले उक्त आक्रमणमा कुनै मानवीय क्षति नभएपनि पानीजहाजको स्वरुप बिग्रिएको तथा भारी मात्रामा तेल चुहिएको जनाए ।

पछिल्लो समय फारसको खाडीमा अमेरिकाले लडाकु विमान वाहक पानीजहाज तैनाथ गरेपछि इरान र अमेरिकाबीच सम्बन्ध निकै तल्लो स्तरमा पुगेका बेला व्यावसायिक पानीहाजमा आक्रमण भएको हो । साउदी अरबसहित अमेरिकाका साझेदार मुलुकहरु इरानमाथि चरम दबाब दिनुपर्ने पक्षमा रहेको बताइन्छ ।

यता इरानले भने उक्त आक्रमण तेश्रो मुलुकबाट भएको भन्दै यसबारे स्वतन्त्र छानबिन गर्न आह्वान गरेको छ । खाडीबाट विश्वभर जाने तेल हर्मुजको स्टे«ट भएर जाने भएकाले यस क्षेत्रलाई विश्व तेल निर्यातको सबैभन्दा ठूलो बाटोका रुपमा लिइन्छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ५ : १६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य