‘होस्टेल ३’ बन्ने, दोहोरिएलान् कलाकार ? « Khabarhub

‘होस्टेल ३’ बन्ने, दोहोरिएलान् कलाकार ?


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘होस्टेल’ को तेस्रो सिक्वेल बन्ने भएको छ । अनमोल केसीले डेब्यु गरेको फिल्म ‘होस्टेल’ ले उनको करिअरलाई चम्काएको थियो । सो फिल्मबाट सलोन बस्नेत पनि चर्चामा आएका थिए ।

फिल्मको दोस्रो सिरिजले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । दोस्रो भागमा शीर्ष अभिनेता सुशील श्रेष्ठ थिए । फ्यानले भने अनमोललाई नै चाहेका थिए । अब निर्माण गर्ने भनिएको फिल्मको नाम ‘होस्टेल ब्याक अगेन’ राखिएको छ । फिल्मलाई दुर्गेस फिल्मस र काफिया फिल्मले संयुक्त रुपमा निर्माण गर्ने जनाइएको छ ।

यस्तै यो फिल्मलाई सुनील रावलले निर्देशन गर्नेछन् । फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा हुने बताइएको छ । अमेरिकामा बस्ने नेपाली युवाको कथामा फिल्म निर्माण हुने बताइएको छ । निर्माण टिमले पहिलो र दोस्रो सिक्वेलका कलाकार दोहोरिने या नदोहोरिने बारेमा निर्माण टिमले कुनै जानकारी गराएको छैन ।

निर्मातामध्येका एक गोविन्द शाहीका अनुसार फिल्ममा अमेरिकामा रहेका विद्यार्थीको नै अभिनय रहनेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ५ : २४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति