‘होस्टेल ३’ बन्ने, दोहोरिएलान् कलाकार ? « Khabarhub

‘होस्टेल ३’ बन्ने, दोहोरिएलान् कलाकार ?


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘होस्टेल’ को तेस्रो सिक्वेल बन्ने भएको छ । अनमोल केसीले डेब्यु गरेको फिल्म ‘होस्टेल’ ले उनको करिअरलाई चम्काएको थियो । सो फिल्मबाट सलोन बस्नेत पनि चर्चामा आएका थिए ।

फिल्मको दोस्रो सिरिजले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । दोस्रो भागमा शीर्ष अभिनेता सुशील श्रेष्ठ थिए । फ्यानले भने अनमोललाई नै चाहेका थिए । अब निर्माण गर्ने भनिएको फिल्मको नाम ‘होस्टेल ब्याक अगेन’ राखिएको छ । फिल्मलाई दुर्गेस फिल्मस र काफिया फिल्मले संयुक्त रुपमा निर्माण गर्ने जनाइएको छ ।

यस्तै यो फिल्मलाई सुनील रावलले निर्देशन गर्नेछन् । फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा हुने बताइएको छ । अमेरिकामा बस्ने नेपाली युवाको कथामा फिल्म निर्माण हुने बताइएको छ । निर्माण टिमले पहिलो र दोस्रो सिक्वेलका कलाकार दोहोरिने या नदोहोरिने बारेमा निर्माण टिमले कुनै जानकारी गराएको छैन ।

निर्मातामध्येका एक गोविन्द शाहीका अनुसार फिल्ममा अमेरिकामा रहेका विद्यार्थीको नै अभिनय रहनेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ५ : २४ बजे

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

झापा– राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत

देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

काठमाडौँ– देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रम

इटहरी गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा

सुनसरी – मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ यहाँको इटहरीमा जारी १६औँ

आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

काठमाडौँ– आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि

आज समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सबै पार्टीका तर्फबाट संसद्‍मा