मलेसियामा आक्रमणको योजना बनाउने ४ जना पक्राउ « Khabarhub

मलेसियामा आक्रमणको योजना बनाउने ४ जना पक्राउ


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेशिया– मुसलमान धर्मावलम्बीको पवित्र महिना रमादानका अवसरमा आक्रमण गर्ने योजना बनाइरहेका आशंकामा मलेशियामा ४ जनालाई पक्राउ गरिएको छ ।

मलेशियन प्रहरीको प्रतिआतंकवाद डिभिजनले टेरेङ्गानु तथा क्लाङ उपत्यकामा गत मे ५ र मे ७ बीच छापा मारी ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा म्यान्मारका दुई रोहिंग्या, एक इण्डोनेशियाली तथा एक मलेशियाली नागरिक छन् । उनीहरुले विभिन्न ४ उच्चपदस्थ व्यक्ति तथा महत्वपूर्ण क्षेत्रलाई लक्षित गरी आक्रमण गर्ने योजना बुनिरहेको जनाइएको छ । छापा मार्ने क्रममा प्रहरीले हतियार तथा विष्फोटक पदार्थ समेत बरामद गरेको थियो ।

पक्राउ पर्नेहरु आतंकवादी संगठन इस्लामिक स्टेटसँग आबद्ध रहेको हुनसक्ने बताइएको छ । पक्राउ पर्ने दुई रोहिंग्यामध्ये एक जना म्यान्मारमा सरकारविरुद्ध युद्धरत आराकान रोहिंग्या साल्भेसन आर्मी आर्सा नामक समूहका सदस्य समेत रहेको प्रहरीले जनाएको छ ।आक्रमणको योजना बुन्ने अन्य व्यक्तिहरु पनि संलग्न रहेको उनीहरुको पनि खोजी भइरहेको मलेशियाको अनलाई अखबार द स्टार अनलाईनले लेखेको छ ।

उनीहरुले गत नोभेम्बर महिनामा हिन्दु उग्रवादीको भीडले कुटेर हत्या गरेका एकजना अग्नि नियन्त्रकको हत्याको बदला लिन रमादान महिनामा गैर मुसलमान निशानामा आक्रमणको योजना बुनेको बताइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ९ : १४ बजे

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण

बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी

सांघाई – चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची – सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८