शीतलनिवासबाट सिंहदरबार पुग्न ५ दिन ! | Khabarhub Khabarhub

शीतलनिवासबाट सिंहदरबार पुग्न ५ दिन !


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ ।

सुन्दा अचम्म लाग्छ, यति छोटो दूरीमा रहेको राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्म पत्र पुग्न ५ दिन लागेको छ । राष्ट्रपति कार्यालयले संसद् सचिवालयमा पठाएको पत्र ५ दिनपछि मात्र प्राप्त भएको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

राष्ट्रपति कार्यालयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यको जिम्मेवारी तोकिएको पत्र महाराजगन्जबाट संसद् सचिवालयमा पुग्न ५ दिन लागेको राजधानी दैनिकमा खबर छ । उनै प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुनका लागि राष्ट्रपति कार्यालयबाट एकै दिनमा पत्र सिंहदरबार पुगी सोही दिन शपथको कार्यक्रमसमेत तय भएको थियो । यस्तै संसद् अधिवेशन आह्वानका लागि प्रधानमन्त्री कार्यालयले गरेको पत्रसमेत एकै दिनमा राष्ट्रपति कार्यालय पुगी सोही दिन अधिवेशन आह्वानको पत्र संसद् सचिवालयमा पुगेको घटना पनि ताजै छ ।

प्रधानमन्त्रीको युरोप भ्रमणको विषयमा संसद्लाई कुनै जानकारी नै नदिएको पनि सार्वजनिक भएको छ । प्रधानमन्त्री युरोप भ्रमणमा गएको ५ दिनमा बुधबार मात्रै संसद्लाई भ्रमणको आधिकारिक जानकारी प्राप्त भएको छ । राष्ट्रपति कार्यालयका सचिव विनोद केसीले गत २४ जेठमा ‘राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीमा सहभागी हुन २५ जेठमा त्यसतर्फ जाने भएकाले संविधानबमोजिम प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेललाई तोक्नुभएको’ भन्ने पत्र संसद् सचिवालयलाई पठाएका थिए ।

राष्ट्रपति कार्यालयबाट आएको पत्र सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठकसमक्ष पेस गरेपछि कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले शनिबार नै प्रधानमन्त्री देशबाहिर गएकाले हालसम्म सरकारको नेतृत्व कसले गरेको थियो भन्दै जिज्ञासा राखेकी हुन् । ‘प्रधानमन्त्री युरोप जाँदै गर्दा उहाँले कार्यभार दिने भनेर आज ५ दिनपछि मात्र सदनमा पत्र प्राप्त भयो । ५ दिनसम्म प्रधानमन्त्री कार्यालय कसले चलाएको छ ?’ सांसद भुसालले जिज्ञासा राखिन्, ‘सरकार कसले चलाइरहेको छ ?’

‘प्रधानमन्त्री जेनेभा र लन्डनजस्तो युरोपका अत्यन्त महत्त्ववपूर्ण भ्रमणमा जाँदा कुन उद्देश्यका लागि जानुहुन्छ ? त्यो भ्रमणबारे सदनलाई किन जानकारी गराइएन ? किन संसद्लाई गुमराहमा राखियो ?,’ सांसद भुसालले प्रश्न गरिन्, ‘यो अभ्यासलाई सरकारले किन अनुशरण गरेन ?’ सोमबार र मंगलबार प्रतिनिधिसभा बैठक बसे पनि सो पत्रबारे कुनै जानकारी गराइएको थिएन । निरन्तर बैठक सञ्चालन भए पनि पत्रको विषयमा बुधबार मात्रै जानकारी गराउनुले राष्ट्रपति कार्यालयबाट पत्र नै ढिलो पुगेको अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ६ : ४९ बजे

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक

विश्वकप लिग २ : क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार

नुवाकोट– ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा

लुम्बिनी प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न

पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण गरिँदै

तनहुँ– तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल