घुससहित एक इन्जिनियर पक्राउ « Khabarhub

घुससहित एक इन्जिनियर पक्राउ


३० जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज- अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ ।

आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक लाख रुपैयाँ घुस लिएको आरोपमा बिहीबार बिहान नगदसहित उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी दिए ।

कुन ठाउँको झोलुङ्गेपुल रहेको भने खुलाइएको छैन । उक्त टोलीले झोलुङ्गेपुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा एक लाख रुपैयाँ घुससहित गाउँपालिकाका इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  ११ : ४५ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६