‘छ माया छपक्कै’ को आधा शूटिङ सकियो, दीपक भन्छन् – दर्शकको आशा बढी छ « Khabarhub

‘छ माया छपक्कै’ को आधा शूटिङ सकियो, दीपक भन्छन् – दर्शकको आशा बढी छ


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – यतिबेला निर्माणको क्रममा रहेको फिल्म ‘छ माया छपक्कै’ को ५५ प्रतिशत छायांकन सकिएको निर्माण टिमले जनाएको छ । फिल्मको २२ औँ दिनमा छायांकन चलिरहँदा झण्डै ५५ प्रतिशत फिल्मको छायांकन सकिएको अभिनेता दीपकराज गिरीले जानकारी दिए ।

‘फिल्मको छायांकन भइरहेको छ, हामी छायांकनमै खटिइरहेका छौँ, ५५ प्रतिशत छायांकन सयियो,’ गिरीले भने, ‘दर्शकको पनि हामीप्रति बढी नै आशा छ, हामी दर्शकलाई निराश नपार्ने गरी काम गरिरहेका छौँ ।’

गिरीले यो फिल्मको कथा तयार पार्न मात्र झण्डै एक वर्ष लागेको बताए ।

फिल्मको निर्माण रोहित अधिकारीले गरेका हुन् । फिल्मको निर्देशन भने दीपेन्द्र लामाले गरेका हुन् । यसअघि उनले फिल्म ‘घामपानी’ निर्देशन गरेका थिए । निर्माता रोहित अधिकारीले ‘छक्का पञ्जा’ टिमसँग मिलेर यो फिल्म निर्माण गरेका हुन् ।

काभ्रेमा छायांकन भइरहेको यो फिल्म दशैँमा रिलिज हुने भएको छ । यस्तै फिल्ममा दीपकराज गिरीको जोडीका रुपमा नायिका केकी अधिकारीलाई देख्न सकिनेछ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १२ : ५८ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा