शुन्य समयमा सांसदको प्रश्न– लोक सेवा आयोग संसदभन्दा ठूलो हो ? | Khabarhub Khabarhub

शुन्य समयमा सांसदको प्रश्न– लोक सेवा आयोग संसदभन्दा ठूलो हो ?


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विभिन्न विषयमा सरकार र संसदको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारबो बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले समसामयिक तथा क्षेत्रगत विषयप्रति सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

सांसद बिमला बिकले संविधानले समानुपातिक समावेशीको हक प्रत्याभुति गरेको उल्लेख गर्दै लोक सेवा आयोगले गरेको विज्ञापनमा त्यसको कार्यान्वयन नभएको बताइन् ।

बिकले प्रश्न गरिन्, ‘के नेपालमा लोकसेवा आयोग संसद भन्दा ठूलो हो ? के लोकसेवा आयोग संचालन गर्ने ऐन निर्देशिकाहरु संविधानभन्दा ठूला हुन त ?’

सांसद बृजेश कुमार गुप्ताले अनलाइन सेवा सञ्चालन गरिए पनि देशभरका मालपोत कार्यालयहरुमा दक्ष जनशक्ति नभएकाले सेवा प्रभावित भएको भन्दै दक्ष जनशक्ति पठाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद भरतकुमार शाहले धान रोप्ने समय सुरु हुनै लाग्दा रायायनिक मल अभाव देखिएको भन्दै तत्काल डीएपी र युरिया मलको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद भवानी प्रसाद खापुङले तेह्थुमको म्याग्लुङ बजार र पाँचथरको स्याब्रुम्बा जोड्ने तमोर नदीको लुम्बुघाटमा पुल निर्माणको सम्झौता भएको ८ बर्ष वितिसक्दा पनि सम्पन्न नभएको भन्दै समयमै निर्माण सम्पन्न गर्ने व्यवस्था मिलाउन भौतिक पुर्वाधार तथा यातायातमन्त्रीको गम्भीर ध्यानाकर्षण गराए । स्वच्छन्द निर्माण समाजले निर्माणको जिम्मा लिएको सो पुलमा ३ बर्ष यता निर्माण सम्बन्धी केही पनि काम नभएको सांसद खापुङको भनाइ थियो ।

सांसद भूमि प्रसाद त्रिपाठीले नागढुंगा सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने काठमाडौं तर्फको जग्गाको मुआब्जा निर्धारण र वितरणको काम अन्तिम चरणमा पुगे पनि धादिङतर्फको जमिनको मुआब्जा निर्धारणको काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद मिन बहादुर विश्वकर्माले विराटनगर रानीदेखि संखुवासभाको किमाथांकासम्मको सडक र वीरगंजदेखि पथलैयासम्मको सडकलाई व्यापारिक मार्गको रुपमा मानिएको भए पनि त्यसक्षेत्रका सयौं उद्योगहरुलाई बाधा पुग्ने गरी राजमार्गमा बार लगाईएकाले समस्या भएको भन्दै दुवै सडकखण्ड अन्र्तगत उद्योग अगाडिका बार हटाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद मेटमणि चौधरीलेले मुलुकभरका गुठी किसानहरु सरकारले ल्याउँदै गरेको गुठी विधेयकको पक्षमा रहेको भन्दै न्याय र समतामा आधारित विधेयक ल्याएर गुठी पीडीत किसानलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद रंगमती शाहीले हुम्लाका लागि लगिएको चामल नेपालगञ्ज र सुर्खेतको गोदाममा थन्किएको भन्दै हुम्लाका जनतालाई हवाईमार्ग मार्फत चामल पु¥याउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद राजेद्र कुमार केसीले राजधानी काठमाडौंको प्रवेश द्वारको रुपमा रहेको कलंकी–नागढुंगा सडक खण्डको निर्माण समयमै सम्पन्न गरी सडकको दायाँ–वायाँ जग्गा परेका स्थानीय जनतालाई तत्काल मुआब्जा दिने व्यवस्था मिलाउन माग गरे ।

सांसद राजेन्द्र कुमार राईले धनकुटाको महालक्ष्मी नगरपालिका वडानम्बर ४ मा जेठ १२ गतेको वर्षा सँगैको असिना र पहिरोका कारणले ४२ घरपरिवारको ठूलो क्षति पुगेको भन्दै तत्काल राहतको व्यवस्था गर्न माग गरे ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १ : ४८ बजे

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ

संसद विघटन असंवैधानिक : नेपाल बार 

काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला