गर्मीमा हुन्छ यस्ता रोगको जोखिम, सचेत रहन डा पुनको सुझाव | Khabarhub Khabarhub

गर्मीमा हुन्छ यस्ता रोगको जोखिम, सचेत रहन डा पुनको सुझाव


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी  माैसममा सरुवा रोगको जोखिम उच्च रहन्छ । विशेषगरी सरुवा रोग पानीजन्य संक्रमण, खानपान र हावाका कारण र किटजन्य  कारणले सर्ने गर्छ । गर्मी महिनामा सबैभन्दा बढी पानी, हावा र किटजन्य रोगका कारण विभिन्न रोगहरु सर्ने गर्छ ।

किन बढ्छ  गर्मीमा सरुवा रोग ?

सरुवा रोगको विषयमा हरेक वर्ष चेतनामूलक कार्यक्रमहरु हुन्छन् । लाखौं बजेट यी सचेतनाका लागि खर्च गरिन्छ । तरपनि सामान्य मानिएको झाडापखलाको प्रकोप हरेक वर्ष देखिन्छ । मानिसहरुमा रोग लाग्न नदिन के गर्ने भन्ने विषयमा चेतना पनि छ । तर, चेतना भएको कुरालाई पनि मानिसहरु वेवस्ता गर्छन् ।

मानिसमा भएको ज्ञान व्यवहारमा लागू नगर्दा गर्मीमा सरुवारोगको संक्रमण बढ्ने गर्छ ।  अस्पतालमा आएका बिरामीलाई झाडापखला नलाग्न के गर्नुपर्छ भनेर सोध्दा  मजाले सहि उत्तर दिन्छन् । पानी उमालेर खानुपर्छ भनेर तर बिरामीहरुले नै भन्छन्– पानी उमालेर पिउँदा मिठो लाग्दैन, त्यसैले नउमाली पिउँछु ।

रोग नियन्त्रणका लागि के गर्ने ?

सरकारले हरेक वर्ष कुनै पनि रोगको प्रकोप देखिए पछि मात्रै रोग नियन्त्रणको लागि प्रयास शुरु गरेको देखिन्छ । रोग लाग्नु अघि नै योजना बनाएर पूर्व तयारी गरे मात्रै गर्मीमा रोगको प्रकोप कम हुन्छ । गर्मीको समयमा तराईमा बाढीको प्रकोप बढ्छ त्यसपछि मानीसहरुमा डेंगु, झाडापखाला लगायतका रोगहरुको संक्रमण बढ्छ ।

त्यसैले सरकारले रोग लागिसकेपछि नियन्त्रण गर्ने भन्दा पनि अघिल्ला वर्षहरुमा कुन क्षेत्रमा कस्तो रोग देखिएको थियो सोहि अनुसार त्यो मौसम आउनु अघि नै पूर्व तयारी गर्नुपर्छ ।

सरुवा रोगबाट कसरी बच्ने ?

सरुवा रोगबाट बच्न सर्ने तरिकाको विषयमा जानकार हुनुपर्छ । हावाबाट सर्ने रोगबाट बच्न सार्वजनि स्थानमा नजाने, संक्रमण व्यक्तिबाट ढाडा रहने, भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, संक्रमत व्यक्ति घरमा भएमा ज्येष्ठ नागरिक, दमका बिरामी र बालबालिकालाई संक्रमित बाट टाढा राख्ने । टिकजन्य रोगका नियन्त्रणका लागि वातावरण सफा राख्ने, लामखुट्टेलाई बढ्न नदिने, घर तथा मानवस्ती वरिवरीका वातावरण सफा राख्ने गर्नुपर्छ ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनसँगको कुराकानीमा आधारित )

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ३ : २६ बजे

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल-२०२५ आयोजना गरिने

काठमाडौं– नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका