प्रतिनिधिसभा बैठक– लोक सेवाको विज्ञापन र गुठी विधेयकमै केन्द्रित « Khabarhub

प्रतिनिधिसभा बैठक– लोक सेवाको विज्ञापन र गुठी विधेयकमै केन्द्रित


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार बसेको प्रतिनिसभा बैठकमा पनि लोक सेवा आयोगले स्थानीय सेवाका कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापनको विसमा सांसदहरुले आफ्नो धारणा राखे ।

बिहीबारको बैठकको विशेष समयमा बोलेका अधिकांश सांसदहरुले लोक सेवाको विज्ञापन समावेशी सिद्धान्तविपरीत रहेको भन्दै खारेज हुनुपर्ने माग राखे ।

यस्तै, बिहीबारको बैठकमा अर्को विषय गुठी विधेयकसँग सम्बन्धित रह्यो । विशेष समयमा बोलेका सांसदहरुले सरकारले संस्कृति र परम्परा मास्ने गरी विधेयक ल्याएको भन्दै आलोचना गरे । यद्यपि सत्तापक्षीय दलका केही सांसदहरुले भने गुठी विधेयकको बचाउ गरे ।

विशेष समयमा बोलेका सांसद प्रदिप यादवले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन पालना नहुनु संसदीय गरिमा र मर्यादाको खिलाप भएको बताए ।

निर्देशन कार्यान्वयन गर्नुको सट्टा लोकसेवा आयोगका कर्मचारी र विभागीय मन्त्रीले विभिन्न संचार क्षेत्रमा संविधान अनुसारको विज्ञापन भएको भन्दै अभिव्यक्ति दिने काम भएकोप्रति उनले आपत्ति जनाए ।

सांसद उमाशंकर अरगरियाले लोकसेवा आयोगले संविधानले प्रदत्त गरेको समावेशी समानुपातिको सिद्धान्तलाई लत्याएर विज्ञापन आव्हान गरेको भन्दै संविधान विपरितको काम गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रमोद साहले नागरिकता वितरणको कार्य पुन रोक्ने काम भएको भन्दै संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । लोक सेवा आयोगको विज्ञापनका सम्बन्धमा संसदीय समितिको निर्देशन कार्यान्वयन नगर्ने संबैधानिक निकायलाई कारवाही गरिनुपर्ने तर्क पनि गरे ।

सांसद कृष्णभक्त पोख्रेलले संविधानको धारा २ सय ९० अनुसार नै सरकारले गुठी विधेयक ल्याएको दाबी गर्नुभयो । उहाँले धर्म संस्कृतिको रक्षाका लागि गुठी विधेयक ल्याईएको भन्दै गुठीको प्रस्तावना लगायत दफाहरु पढेर पनि सुनाए ।

सांसद नारद मुनि रानाले जेठ २३ र २९ गतेको हावाहुरीले कैलालीका विभिन्न स्थानमा ठुलो क्षति पुगेको भन्दै प्रभावितको उचित व्यवस्थापनका लागि सरकारले ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ३ : १२ बजे

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति