प्रतिनिधिसभा बैठक– लोक सेवाको विज्ञापन र गुठी विधेयकमै केन्द्रित « Khabarhub

प्रतिनिधिसभा बैठक– लोक सेवाको विज्ञापन र गुठी विधेयकमै केन्द्रित


३० जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार बसेको प्रतिनिसभा बैठकमा पनि लोक सेवा आयोगले स्थानीय सेवाका कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापनको विसमा सांसदहरुले आफ्नो धारणा राखे ।

बिहीबारको बैठकको विशेष समयमा बोलेका अधिकांश सांसदहरुले लोक सेवाको विज्ञापन समावेशी सिद्धान्तविपरीत रहेको भन्दै खारेज हुनुपर्ने माग राखे ।

यस्तै, बिहीबारको बैठकमा अर्को विषय गुठी विधेयकसँग सम्बन्धित रह्यो । विशेष समयमा बोलेका सांसदहरुले सरकारले संस्कृति र परम्परा मास्ने गरी विधेयक ल्याएको भन्दै आलोचना गरे । यद्यपि सत्तापक्षीय दलका केही सांसदहरुले भने गुठी विधेयकको बचाउ गरे ।

विशेष समयमा बोलेका सांसद प्रदिप यादवले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन पालना नहुनु संसदीय गरिमा र मर्यादाको खिलाप भएको बताए ।

निर्देशन कार्यान्वयन गर्नुको सट्टा लोकसेवा आयोगका कर्मचारी र विभागीय मन्त्रीले विभिन्न संचार क्षेत्रमा संविधान अनुसारको विज्ञापन भएको भन्दै अभिव्यक्ति दिने काम भएकोप्रति उनले आपत्ति जनाए ।

सांसद उमाशंकर अरगरियाले लोकसेवा आयोगले संविधानले प्रदत्त गरेको समावेशी समानुपातिको सिद्धान्तलाई लत्याएर विज्ञापन आव्हान गरेको भन्दै संविधान विपरितको काम गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रमोद साहले नागरिकता वितरणको कार्य पुन रोक्ने काम भएको भन्दै संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । लोक सेवा आयोगको विज्ञापनका सम्बन्धमा संसदीय समितिको निर्देशन कार्यान्वयन नगर्ने संबैधानिक निकायलाई कारवाही गरिनुपर्ने तर्क पनि गरे ।

सांसद कृष्णभक्त पोख्रेलले संविधानको धारा २ सय ९० अनुसार नै सरकारले गुठी विधेयक ल्याएको दाबी गर्नुभयो । उहाँले धर्म संस्कृतिको रक्षाका लागि गुठी विधेयक ल्याईएको भन्दै गुठीको प्रस्तावना लगायत दफाहरु पढेर पनि सुनाए ।

सांसद नारद मुनि रानाले जेठ २३ र २९ गतेको हावाहुरीले कैलालीका विभिन्न स्थानमा ठुलो क्षति पुगेको भन्दै प्रभावितको उचित व्यवस्थापनका लागि सरकारले ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  ३ : १२ बजे

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को