डेनर्माकमा हुने प्रजातन्त्र मेलामा कांग्रेस प्रतिनिधिमण्डको नेतृत्व गर्दै उपसभापति निधि « Khabarhub

डेनर्माकमा हुने प्रजातन्त्र मेलामा कांग्रेस प्रतिनिधिमण्डको नेतृत्व गर्दै उपसभापति निधि


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि नेपाली कांग्रेसको एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि आज डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका छन् ।

डेनमार्कको बर्नहोल्ममा यहि जुन १३–१७ सम्म हुने मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहितका नेताहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।

डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को निमन्त्रणामा डेमोक्रेसी मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहित डा. मीनेन्द्र रिजाल, चित्रलेखा यादब र बिनोद भट्टराई डेनमार्कतर्फ लागेका हुन् ।

प्रजातन्त्र मेलामा डेनमार्कको प्रजातन्त्रको अनुभबबारे अध्ययन भ्रमणका सहभागीहरुलाई जानकारी गराइनेछ । मेलामा नेपालसहितका बिभिन्न मुलुकबाट नेताहरुको सहभागिता रहनेछ ।

डीआइपीडीको सदस्य बनेको नेपाल डेनमार्क बाहिरको पहिलो मुलुक हो । जसलाई सन् २०१० को मे २६ मा त्याँहाको संसदले मान्यता दिएको थियो। त्यसपछि नेपालको संसदले सन् २०१२ मा बिभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको दलहरुको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।

नेपालजस्तो विकासशील मुलुकमा प्रजातान्त्रिक शासन व्यबस्थाको सवलीकरणका लागि दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता अनुसार डेनर्माको संसदले यो संस्था गठन गरेको हो । यो संस्थाले मुलुकमा दलहरुबीचको सहकार्यमा जोड दिने गर्दछ ।

प्रजातन्त्र मेलामा सहभागी भएपछि कांग्रेस उपसभापति निधिसहितका नेताहरु बिश्वभर छरिएर रहेका नेपाली कांग्रेस आबद्ध नेपाली जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् ।

बिभिन्न ३३ देशका महाधिबेशन प्रतिनिधिको सहभागिता रहने त्यस कार्यक्रममा प्रशिक्षणका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिका, बिश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाब, बिश्वको बदलिंदो राजनीति, दक्षिण एसिया र नेपाल, समाजबादेको युरोप अनुभबको आलेकमा नेपाल बिषयमा अन्तरक्रिया कार्यक्रम गरिनेछ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ३ : ५१ बजे

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

एजेन्सी– मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर