प्रधानपञ्चका विरोधीलाई मारेर फरार भएका चौधरी ३० वर्षपछि पक्राउ « Khabarhub

प्रधानपञ्चका विरोधीलाई मारेर फरार भएका चौधरी ३० वर्षपछि पक्राउ


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– उमेरले ४६ वर्षको उमेरमा हत्या गरेर फरार भएका एक व्यक्ति ३० वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–११ मधुरी टोलका वीरबहादुर चौधरी छन् । उमेरले ७६ वर्ष पुगेका शाहीले अब कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय भुक्तान गर्नुपर्ने छ ।

चौधरीले २०३९ सालमा महागढीमाई नगरपालिका–५ का सुकदेव साहको घाँटी रेटेर हत्या गरेका थिए ।

स्थानीय गाउँ पञ्चायतको निर्वाचनका क्रममा २०३९ सालमा चौधरीले साहको हत्या गरेका थिए । तत्कालीन प्रधानपञ्चको उम्मेदवारी दिएका व्यक्तिको विरोध गरेको भन्दै चौधरीसहितका व्यक्तिले साहको हत्या गरेका थिए ।

साहको हत्यामा अर्का व्यक्ति पटेल साह सोनार पनि संलग्न थिए । उनी भने गतवर्ष भदौ ५ गते पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहका हत्यामा संलग्न केही व्यक्ति अझै फरार छन् ।

साहविरुद्ध तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतले कर्तव्य ज्यान मुद्दामा १९ फागुन २०४३ मा २० वर्ष कैद सजाय सुनाएको थियो । पछि सर्वोच्च अदालतले पनि १७ असोज २०४५ मा क्षेत्रीय अदालतकै फैसला सदर गर्दै साहविरुद्ध २० वर्षको कैद सजाय सुनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि कारागार कार्यालय पर्सामा पठाइएको छ ।

३० वर्षदेखि प्रहरीलाई छक्याउँदै आएका चौधरी बुधबार भने नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ५ : १० बजे

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न

रास्वपा सिरहा अधिवेशनमा कुटाकुट : र्‍यापिड एक्सन टिमका सदस्यको सर्टमा प्वाल पर्यो, औँला भाँचियो !

सिराहा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व

खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका राईद्वारा पार्टी छाडेको घोषणा

खोटाङ – खोटाङमा नेकपा एमालेबाट दुई पटक निर्वाचित वडाध्यक्षले पार्टी

ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्यता पत्र बनाइएको भन्दै एमालेको आपत्ति

काठमाडाैं – नेकपा (एमाले)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा

परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट

काठमाडौं – परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत