सरकारले सांस्कृतिक क्षेत्रमा हस्तक्षेप गर्दैन– मन्त्री बाँस्कोटा « Khabarhub

सरकारले सांस्कृतिक क्षेत्रमा हस्तक्षेप गर्दैन– मन्त्री बाँस्कोटा


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले सरकारले सांस्कृतिक क्षेत्रमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

आमूल परिवर्तन गर्नुपर्छ भन्नेहरुले कुनै पनि विषयलाई परिवर्तन गर्न खोज्दा आपत्ति जनाएको उनको भनाइ थियो ।  बिहीवार सिंहदरबारमा सरकारको बैठकबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले गुठी सम्बन्धी विधेयकबारे छलफल चलिरहेको बताए ।

पुराना कानूनहरुलाई विस्तापित गर्न जरुरी भएको अवस्थामा नयाँ कानून ल्याउँदा समस्या देखिएको उनले बताए । पुरानो कानूनहरुमा सबै अभ्यस्त भएको अवस्थामा केही परिवर्तन गर्दा त्यसलाई ग्रहण गर्न समय लाग्ने उनको भनाइ थियो ।

गुठी सम्बन्धी विधेयकबारे छलफल गर्दा सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने भन्ने प्रश्न महत्वपूर्ण भएको बताए । उनले काठमाडौंमा मात्र गुठी नभएको भन्दै देशभरको गुठीलाई सम्बोधन गर्ने प्रयास गरेको बताए ।

‘सामान्तवादलाई अन्त्य गर्ने कि नगर्ने भन्ने प्रश्न महत्वपूर्ण हो, सामन्तवादको चरित्र बोक्ने विषको सम्बोधन गर्न जरुरी छ’ मन्त्री बाँस्कोटाले भने,‘ भूमिहीन प्रणालीलाई सुधार गर्ने कि नगर्ने, केही सुधार गर्ने, विकास र समृद्धिको कुरा गरेका छौं भने केही काँडा त लाग्छ ।’

गुठीको समस्या उपत्यका भित्र र उपत्यका बाहिर फरक रहेको भन्दै उनले त्यसमा छलफल गरेर अघि बढ्न सरकार तयार रहेको बताए ।

उनले गुठीको सरोकारवाला उपत्यकामा मात्र नभएको भन्दै देशभर छरिएका सरोकारवालासँग छलफल भएको बताए ।

‘सरोकारवालाहरुसँग कुरा भइरहेको छ । फलानो ठाउँको जग्गा छोयो भने सरकार गयो भन्ने पनि सुनिएको छ, तर सरकार त ढल्दैन’ उनले भने,‘प्रश्न जग्गाको मात्र होइन । संस्कृतिलाई जोगाउनुपर्छ भन्ने हो ।’

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ५ : १३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल