आइतवारबाट काठमाडौंमा रात्रिबस गुड्ने, कति पर्छ भाडा ? | Khabarhub Khabarhub

आइतवारबाट काठमाडौंमा रात्रिबस गुड्ने, कति पर्छ भाडा ?


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रातको समयमा यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सरकारले यही असार १ गतेवाट रात्रिकालीन बस सेवा संचालनमा ल्याउने भएको छ ।

त्यसका लागि अहिले यतायात व्यवस्था विभाग अन्तिम चरणको तयारीमा जुटेको छ । यतायातसँग जोडिएका संघसंस्था तथा निजी कम्पनीहरुसंग पनि यस विषयमा समझदारी भइसकेको विभागको भनाइ छ ।

विभागका सूचना अधिकारी तिर्थराज खनाल भन्छन् ‘हामीले यातायात कम्पनीहरुलाई प्रस्ताव राखेका थियौं, दर्जनभन्दा बढी कम्पनीसँग समझदारी भएको भइसक्यो, सबैले आइतवार रातिवाट गाडी कुदाउँने छन् ।

समझदारीमा आएका सबै बस कम्पनीहरुले राति ९ बजेपछि बस संचालनमा ल्याउने छन् । यातायात व्यवस्था विभागका सवारी शाखा अधिकृत लेवन अधिकारीले हाललाई यातायात कम्पनीलले १ टिप मात्र रात्रिकालिन सेवा दिने बताए । उनले भने ‘९ बजेपछि कम्पनीहरुले थप १ ट्रिप बस सेवा दिनेछन्, एक रुट पुरा गर्न करिब २/३ घण्टा समय लागी हाल्छ, १२ बजेसम्म सडकमा बस देखिएला ।’

विभागका अनुसार रात्रि–बस चलाउन चाहने व्यवसायीलाई सरकारले अतिरिक्त सहुलियत समेत दिने भएको छ । अब रात्रि बस चलाउने संचालकलाई साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने अधिकार समेत दिइने भएको छ ।

हाल काठमाडौंमा सार्वजनिक बसहरुले अधिकतंम रातको ८ देखि ९ बजेसम्म मात्र बस सेवा दिँदै आएका छन् । मध्यरातसम्म काम गरेर घर फर्कन, अस्पताल जाने यात्रुले ट्याकसी सावरी प्रयोग गर्नुपर्ने बाध्यता रहदै आएको छ ।

यसअघि पनि २०६९ भदौमा रात्रिकालिन बस–सेवा संचालन भएको थियो । ६ महिनासम्म संचालन आएको उक्त सेवा यात्रु नपाएको भन्दै व्यवसायीहरुले बन्द गरेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ५ : ४४ बजे

अन्तरिम सरकारमा पहिलो जेन-जी, २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता

काठमाडौं- अभियन्ता बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

काठमाडौं– प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको

अन्तरिम सरकारमा पहिलो जेन-जी, २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता

काठमाडौं– अभियन्ता बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ

खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालयको बैठक लाइभ गर्ने (तस्बिरहरू)

काठमाडौं– नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका

वीरगन्जका बजारमा छठ पर्वको तयारी, सर्वसाधारणको भिडभाड (तस्बिरहरू)

काठमाडौं– विशेष गरी मधेशका हिन्दुहरूको महान् पर्व छठ दोस्रो दिन