चाँडै आफ्नो शरीरको तौल घटाउन चाहनु हुन्छ, यसो गर्नुहोस् | Khabarhub Khabarhub

चाँडै आफ्नो शरीरको तौल घटाउन चाहनु हुन्छ, यसो गर्नुहोस्


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनावश्यक मोटोपनका कारण मानिसहरु हैरान भइरहेका हुन्छन् । तौल घटाउनका लागि मानिसहरुले आफ्नो खान्कीबाट क्यालोरीयुक्त खानालाई पूर्ण रुपमा बन्द गर्छन् । र कम क्यालोरीयुक्त खाना खान शुरु गर्छन् । तर, कम क्यालोरीयुक्त खानाको बाब्जुद नेगेटिभ क्यालोरी खाना मोटोपन नियन्त्रणमा बढी नै सहयोगी बन्नेछ ।

यस्ता खाद्य वस्तुमा क्यालोरीको मात्रा अत्यन्तै कम हुन्छ । यसैले यस्ता खाद्य वस्तुलाई तौल कम गर्नका लागि कुनै पनि वेट लुज डाइट (तौल कम गर्ने खाना) मा समेटिएको हुन्छ ।

के हो नेगेटिभ क्यालोरी ?

नेगेटिभ क्यालोरी खाना यस्तो खाद्य पदार्थ हो, जसलाई पचाउनका लागि पनि क्यालोरीको आवश्यकता पर्दछ । एक सय ग्राम नेगेटिभ क्यालोरी खाना पचाउन तपाईंको शरीरमा दुई सय क्यालोरी पग्लिने छ । यद्यपि, यस्तो खाद्य पदार्थमा कुनै पनि पोषक तत्व हुँदैन, खाली क्यालोरी मात्र हुन्छ । यसले तपाईंको शरीरमा जम्मा भएर बोसो अर्थात फ्याट बनाउन थाल्दछ । र खाना पचाउनका लागि शरीरमा क्यालोरी पगाल्न थाल्दछ । यसले तपाईंको शरीरको तौल बढ्नुको सट्टा कम हुन थाल्दछ ।

नेगेटिभ क्यालोरी खाना

नेगेटिभ क्यालोरी धेरैजसो बोटबिरुवाबाट प्राप्त हुने वस्तुमा पाइन्छ । यसका साथै फल, तरकारी आदिमा पनि नेगेटिभ क्यालोरी हुन्छ । यस्ता खाद्य वस्तुबाट तपाईंले स्वस्थ क्यालोरी मात्रै नभएर भिटामिन्स, खनिज पदार्थ तथा फाइबर पनि प्राप्त गर्नु हुनेछ । यसका साथै शरीरलाई सन्तुलित राख्न पनि यस्ता खाद्य वस्तुले महत्वपूर्ण भूमिका खेल्नेछन् । जसका कारण तपाईंको तौल कम हुनेछ साथै नियन्त्रण पनि हुनेछ ।

ब्रेकफास्टमा यी पाँच नेगेटिभ क्यालोरी फल राख्नुहोस्

स्याऊः स्याऊ खानाले तपाईंको मोटोपन मात्र कम हुने छैन, यसले अन्य रोगबाट पनि बचाउने छ । यसले तपाईंको पेट दिनभर भरी रहने छ । यस्तै स्याऊले तपाईंको शरीरमा चिनीको मात्रलाई पनि नियन्त्रण गर्न मद्दत गर्नेछ । पेट अघाइ रह्यो भने तपाईं बढी खाना र अस्वस्थकर खाना खानबाट बच्नु हुनेछ । जसले तपार्ईंको तौल कम गर्न सहयोग गर्नेछ ।

क्याल्सियमयुक्त साना फलः  अमिलो, मीठो स्वादका साना फल पनि कम क्यालोरी भएका फल हुन् । जो तौल कम गर्नका लागि अत्यन्तै सहयोगी हुन्छन् । आधा कप अंगुर, स्टोबेरी तथा किम्बुमा मात्र ३२ क्यालोरी हुन्छ । साथै यसमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । जुन मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

तर्बुजाः  एक सय ग्राम तर्बुजामा ९५ प्रतिशत पानीका साथै ३० क्यालोरी हुन्छ । त्यसैले यो शरीरको तौल कम गर्नका लागि अत्यन्तै लाभदायक हुन्छ । त्यसैले तपाईंले यसलाई सलाद वा जुसको रुपमा तौल कम गर्न खान सक्नु हुनेछ ।

कागतीः  युएसडिएका अनुसार एक सय ग्राम कागतीमा २९ क्यालोरी मात्र हुन्छ । यसैले यसको सेवनले छिटै तौल घटाउँछ । साथै यसमा हुने भिटामिन ‘सि’ले तपाईंलाई स्वास्थ पनि राख्ने छ । तौल घटाउनका लागि तपाईंले कागती पानी बनाएर पनि सेवन गर्न सक्नु हुनेछ । यस्तै यसलाई सलादको रुपमा पनि खान सक्नु हुनेछ ।

अंगुरः  एक सय ग्राम अंगुरमा ४० क्यालोरी हुन्छ । साथै यो एन्टिअक्सिडेन्ट, भिटामिन तथा खनिजको लागि पनि अत्यन्तै राम्रो फल हो । यसको सेवनले मोटोपन कम हुनुका साथै शरीरलाई स्वास्थ पनि राख्नेछ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ६ : ४० बजे

पार्टीको सूचना जनतामा पुर्‍याउन एआईको सदुपयोग गरौँ : उपप्रधानमन्त्री सिंह

धनुषा– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले विकसित

कलाकृति र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कलाकृति र सीप नयाँ

इङल्याण्डले अस्ट्रेलियालाई दियो ३५२ रनको लक्ष्य

काठमाडौं -इङल्याण्डले च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा अस्ट्रेलियालाई ३५२ रनको लक्ष्य

केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा

काठमाडौं– आइतबारबाट काठमाडौंमा सुरु हुने तेश्रो संस्करणको केपी ओली कप

परराष्ट्रमन्त्री डा देउवा जेनेभा प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ