श्रम आप्रवासनलाई व्यवस्थित बनाउन सबैको सहयोगको खाँचोः मन्त्री बिष्ट « Khabarhub

श्रम आप्रवासनलाई व्यवस्थित बनाउन सबैको सहयोगको खाँचोः मन्त्री बिष्ट


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम आप्रवासनलाई व्यवस्थित बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षीकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित १०८औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको पूर्णसत्रलाई आज सम्बोधन गर्दै उनले भने, ‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि सहकार्य र साझेदारीमा हामी पूर्णतःविश्वास गर्दछौँ ।’

गन्तव्य मुलुकले आप्रवासी कामदारलाई समान अधिकार प्रदान गर्नुपर्नेमा जोड दिँदै मन्त्री विष्टले नेपाली श्रमिकलाई पनि अन्य कामदारसरह समान व्यवहार गर्ने गरी द्विपक्षीय छलफल र सहकार्यको थालनी गर्न आग्रह गरे ।

सम्मानित काम, सामाजिक सुरक्षा, असल श्रम सम्बन्ध नेपालको श्रम प्रशासनका प्रमुख विषय भएको उल्लेख गर्दै उनले श्रम, रोजगारी तथा सामाजिक सुरक्षालगायत नीतिगत विषयमा बहुआयामिक कानूनी सुधार गरिएको बताए । उनले भने, ‘नेपाल सरकारले श्रम प्रशासनको सन्दर्भमा कानूनी र नीतिगत सुधारका कार्य गरेको छ ।’

नेपाल सरकारले श्रम ऐनले व्यवस्था गरेको श्रमिकका अधिकारलाई सुनिश्चित गराउन सम्पूर्ण प्रतिष्ठानमा श्रम अडिट गर्नुपर्ने व्यवस्थालाई शुरुआत गरिएको जानकारी गराउँदै मन्त्री विष्टले श्रम क्षेत्रमा भएको सुधारलाई कार्यान्वयन गराउन सबै पक्षको सहकार्यमा जोड दिइएको बताए ।

उनले आन्तरिक श्रम बजारमै रोजगारीको अवसर उपलब्ध गराउँदै सबै नागरिकलाई काममा आधारित सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गरेको बताए ।

मन्त्री विष्टले भने, ‘सम्मानजनक काम, श्रमिकको जीवनस्तर सुधारको लागि न्यूनतम ज्यालाको सुनिश्चितता गरी समयमै पारिश्रमिक भुक्तानीको व्यवस्था गरिएको छ ।’

श्रमिकमाथि हुने हिंसा र अपहेलना अन्त्य गरी सम्मानजनक कामको खोजी गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सन् २०२५ भित्र सबै प्रकारका बालश्रम निवारण गर्न गुरुयोजना बनाएर कार्यान्वयन गरिएको बताए । मन्त्री विष्टले भने, ‘जुनसकै बालश्रम, बाध्यकारी श्रम, मानव तस्करी र दासताका सबै रुप गर्न नेपाल सरकार प्रतिबद्ध छ ।’

उनले नेपालको श्रम प्रशासन हालसम्म आइएलओले गरेको सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि सहकार्यको अपेक्षा गरे । मन्त्री विष्टले भने, ‘शान्ति, सामानता र सामाजिक न्यायका लागि आइएलओले खेलेको भूमिका महत्वपूर्ण रहेको छ ।’

उनले ‘उज्वल भविष्यको लागि काम’ नामक मानव केन्द्रित प्रतिवेदन तयार गरेकामा उच्च तहको प्रसंशासमेत गरे ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ९ : ०१ बजे

गगन थापालाई मीन विश्वकर्माको कटाक्ष : छुस्स–छुस्स भेटेर मात्र कसरी एकता हुन्छ ?

अदालतले वैशाख ६ गते नेपाली कांग्रेसको वैधानिकता विवादमा फैसला गरिदियो

नीति तथा कार्यक्रम : बालेन सदनमा जवाफ दिन नजाने

काठमाडौँ– सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

कास्की– कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल पोजिसनिङ

एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी

बलिउडको चमकधमकभित्र अपराधको जालो

बलिउडको चमकधमक, करोडौँको स्टारडम, फ्यानको क्रेज र रेड कार्पेटको ग्ल्यामर