कसिंदै कर्मचारी– अब एक पटक मात्रै आरक्षण, नेकपामा चैन « Khabarhub

कसिंदै कर्मचारी– अब एक पटक मात्रै आरक्षण, नेकपामा चैन


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपामा चैन, जम्बो समिति कसैलाई काम छैन शीर्षकमा आजको अन्नपूर्ण दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ । नेकपामा ४११ जनाको जम्बो केन्द्रीय समिति छ । आमन्त्रित स्थायी समिति सदस्यलाई पनि जोड्ने हो भने यो संख्या ४ सय ५१ पुग्छ । तर केन्द्रीय नेताको कामको टुंगो छैन । एकीकरणपछि नेकपाले नेतालाई काम बाँडफाँट गर्न सकेको छैन ।
त्यस्तै पत्रिकाले कसिंदै कर्मचारी, अब एक पटक मात्रै आरक्षणको शीर्षकमा अर्को समाचार छापेको छ । आरक्षणका नाममा उही व्यक्तिले पटक पटक अवसर लिने अवस्था देखिएपछि आरक्षित समूहमा शक्तिशालीकै हालीमुहाली चल्थ्यो । अब त्यसलाई परिवर्तन गरी कर्मचारी तन्त्रमा एकपटक मात्र आरक्षणको नियम ल्याइने भएको छ ।
त्यस्तै पत्रिकाले ४०० वर्ष पुरानो वृक्ष चोरियो शीर्षकमा जापाको समाचार पहिलो पृष्ठमा छापेको छ । चोरले केही पनि बाँकी राख्दो रहेनछ । जापानको राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैंचाबाट ४ सय वर्ष पुरानो बोनसाई (आकारमा ल्याइएको वृक्ष) चोरिएको हो । अरु ६ वटा रुखसमेत चोरिएका छन् ।
त्यस्तै अन्ततः मेक्सिको छेक्ने भयो अमेरिकाले शीर्षकमा पनि अर्को समाचार छापेको छ । मेक्सिकोको सीमामा पर्खाल लगाउने निर्णयका समर्थकसँग टेक्ससमा मंगलबार ¥यालीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत उपस्थित भएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया