उमेर नपुगेकी प्रेमिकासँग शारीरिक सम्बन्ध, ८ वर्ष जेल « Khabarhub

उमेर नपुगेकी प्रेमिकासँग शारीरिक सम्बन्ध, ८ वर्ष जेल


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेका आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई आठ वर्ष कैद सजाय सुनाएको छ। किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ।

युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन्। अदालतले पनि उनीहरू कानुनबारे जानकार नभएको अनुमान गरेको छ। वागमती–४ स्याउलेका दीपेन्द्र लामालाई अदालतले जेल तोकेको हो। कानुनी अज्ञानतावश त्यस्तो भएको हुन सक्ने निष्कर्षमा अदालत पुगेको छ।

जिल्ला न्यायाधीश डा रमेशप्रसाद रिजालको इजलासले १४ वर्ष मुनिका किशोरीसँग सहमतिमै यौनसम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेको छ भन्ने खबर अन्नपूर्ण पाेष्ट दैनिकमा छ। फाैजदारी न्यायमा कानुनकाे अनभिज्ञता क्षम्य हुँदैन भन्ने सिद्धान्त रहेकाे अदालतका अधिकारी बताउँछन्।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : ०५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने