नेपालीलाई १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर « Khabarhub

नेपालीलाई १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाली नागरिकका लागि एक खर्ब दुई अर्ब २८ करोड रुपैयाँ बराबरको जलविद्युत आयोजनाको सेयर दिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनताको जलविद्युत आयोजना कार्यक्रमअन्तर्गत तीन हजार ४७९ मेगावाट बराबरका १९ जलविद्युत आयोजनामा नेपालीलाई सो बराबरको सेयर दिन लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार काठमाडौंमा जनताको जलविद्युत आयोजना नामक कार्यक्रम सार्वजनिक गर्न लागेको ऊर्जा मन्त्रालयले जनाएको छ। ऊर्जामन्त्री वर्षमान पुनले श्वेतपत्रमार्फत ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराअन्तर्गत सबै प्रदेशका आयोजनालाई समेटेर तयार गरेको आयोजनाको लगानी ढाँचामा सर्वसाधरणको ४९ प्रतिशत सेयर रहेने उल्लेख रहेको समाचार कारोबार दैनिकमा छ।

कार्यक्रमअनुसार जनताले एक खर्ब दुई अर्ब २८ करोड रुपैयाँको जनताले सेयर पाउने छन्। जनतालाई दिने गरी प्रस्ताव गरिएको १९ वटै आयोजनाहरु सरकारी संस्थान र कम्पनीहरुले निर्माण अघि बढाउन लागको ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिए।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ४ : ५९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया