नेपालीलाई १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर | Khabarhub Khabarhub

नेपालीलाई १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाली नागरिकका लागि एक खर्ब दुई अर्ब २८ करोड रुपैयाँ बराबरको जलविद्युत आयोजनाको सेयर दिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनताको जलविद्युत आयोजना कार्यक्रमअन्तर्गत तीन हजार ४७९ मेगावाट बराबरका १९ जलविद्युत आयोजनामा नेपालीलाई सो बराबरको सेयर दिन लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार काठमाडौंमा जनताको जलविद्युत आयोजना नामक कार्यक्रम सार्वजनिक गर्न लागेको ऊर्जा मन्त्रालयले जनाएको छ। ऊर्जामन्त्री वर्षमान पुनले श्वेतपत्रमार्फत ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराअन्तर्गत सबै प्रदेशका आयोजनालाई समेटेर तयार गरेको आयोजनाको लगानी ढाँचामा सर्वसाधरणको ४९ प्रतिशत सेयर रहेने उल्लेख रहेको समाचार कारोबार दैनिकमा छ।

कार्यक्रमअनुसार जनताले एक खर्ब दुई अर्ब २८ करोड रुपैयाँको जनताले सेयर पाउने छन्। जनतालाई दिने गरी प्रस्ताव गरिएको १९ वटै आयोजनाहरु सरकारी संस्थान र कम्पनीहरुले निर्माण अघि बढाउन लागको ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिए।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ४ : ५९ बजे

मंगलबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन

आज २०८२ साल असार ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म