२८० अंगरक्षक खोसिए, मापदण्डविपरीत खटिएको भन्दै फिर्ता « Khabarhub

२८० अंगरक्षक खोसिए, मापदण्डविपरीत खटिएको भन्दै फिर्ता


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता तथा आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ। विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई नियमित ड्युटीमा खटाएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्वप्रहरी अधिकारीहरूको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरूलाई फिर्ता बोलाइएको हो।

यस्ता २ सय ८० प्रहरीलाई नियमित ड्युटीमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ भन्ने खबर नागरिक दैनिकमा छ। ‘जसका लागि अंगरक्षक खटाइएको छ, उनीहरुलाई सुरक्षा थ्रेत नदेखिएकाले २०७५ जेठदेखि नेता र पूर्व प्रहरी अधिकारीहको सुरक्षामा खटिएका अंगरक्षलाई फिर्ता बाेलाउनसुरू गरिएको हो।

अहिलेसम्म दुईसय ८० जना फिर्ता भएका छन् याे क्रम जारी छ,’ स्राेतले भन्याे। अंगरक्षक खोसिनेमा पूर्वमन्त्री गोविन्दराज जोशी, अमेरश सिंह, टेकबहादुर गुरुङ, रामकृष्ण यादवसहित पूर्वआइजिपीहरु हेम गुरु, रमेश चन्द ठकुरी, ओमविक्रम राणा छन्।

त्यस्तै पतञ्जली योगका नेपाल प्रतिनिधि शालिकराम शर्माका अंगरक्षलाई कार्यविधि २०७० मा आवश्यक परे सुरक्षा थ्रेट देखिए भन्ने वाक्यांशलाई दुरुपयोग गरी अनावश्यक रुपमा अंगरक्षक राख्ने परम्परा तोड्दै प्रहरी प्रधान कार्यालयले अंगरक्षक फिर्ता गर्न थालेको हो।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : १५ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई