२८० अंगरक्षक खोसिए, मापदण्डविपरीत खटिएको भन्दै फिर्ता « Khabarhub

२८० अंगरक्षक खोसिए, मापदण्डविपरीत खटिएको भन्दै फिर्ता


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता तथा आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ। विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई नियमित ड्युटीमा खटाएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्वप्रहरी अधिकारीहरूको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरूलाई फिर्ता बोलाइएको हो।

यस्ता २ सय ८० प्रहरीलाई नियमित ड्युटीमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ भन्ने खबर नागरिक दैनिकमा छ। ‘जसका लागि अंगरक्षक खटाइएको छ, उनीहरुलाई सुरक्षा थ्रेत नदेखिएकाले २०७५ जेठदेखि नेता र पूर्व प्रहरी अधिकारीहको सुरक्षामा खटिएका अंगरक्षलाई फिर्ता बाेलाउनसुरू गरिएको हो।

अहिलेसम्म दुईसय ८० जना फिर्ता भएका छन् याे क्रम जारी छ,’ स्राेतले भन्याे। अंगरक्षक खोसिनेमा पूर्वमन्त्री गोविन्दराज जोशी, अमेरश सिंह, टेकबहादुर गुरुङ, रामकृष्ण यादवसहित पूर्वआइजिपीहरु हेम गुरु, रमेश चन्द ठकुरी, ओमविक्रम राणा छन्।

त्यस्तै पतञ्जली योगका नेपाल प्रतिनिधि शालिकराम शर्माका अंगरक्षलाई कार्यविधि २०७० मा आवश्यक परे सुरक्षा थ्रेट देखिए भन्ने वाक्यांशलाई दुरुपयोग गरी अनावश्यक रुपमा अंगरक्षक राख्ने परम्परा तोड्दै प्रहरी प्रधान कार्यालयले अंगरक्षक फिर्ता गर्न थालेको हो।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : १५ बजे

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

ढोरपाटन– यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् । 

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

एजेन्सी– पूर्वी कङ्गोको खनिज–सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मंगलबार

दोलखाको एउटा मतदानस्थलबाट ५६ बुक मतपत्र लुटियो, मतदान पनि अनिश्चित

दोलाखा- दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर

सय नाघेकाहरूले गरे मतदान, भन्छन् : अब देश बनोस्

काठमाडौं– देशभरका विभिन्न स्थानबाट १०० वर्ष नाघेकाहरूले समेत मतदान गरेका