सामान्य प्रशासनमन्त्री लालबाबु विदेशमा, कर्मचारी समायोजन अलपत्र « Khabarhub

सामान्य प्रशासनमन्त्री लालबाबु विदेशमा, कर्मचारी समायोजन अलपत्र


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजामती कर्मचारी समायोजन प्रक्रिया अलपत्र छाडेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यूएई घुमफिरमा व्यस्त छन्।

फागुन ३ सम्म संघ, प्रदेश र स्थानीय तहमा सबै कर्मचारी समायोजन गरिसक्ने उद्घोष गरेका उनी मन्त्रालयको समायोजन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुलाई समेत सँगै लिएर गएका छन्। मंगलबारसम्म ५६ जना सचिव, ६६२ सहसचिव र ८४८ जना उपसचिवको मात्र समायोजन भएको छ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फाराम भरेका छन्। मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, ७ वटा प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ।

फागुन ३ भित्र समायोजन सक्ने सरकारको योजना थियो भन्ने खबर कान्तिपुर दैनिकमा छ। सबै समूहका करिब ६ हजार अधिकृतको समायोजन प्रक्रिया अघि बढे पनि मन्त्री र महाशाखा प्रमुख नहुँदा उनीहरूको पदस्थापन र सरुवाको कामसमेत अवरुद्ध भएको मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताए।

समायोजन जुन हिसाबले अघि बढ्नुपर्ने हो, त्यो हुन सकेको छैन,’ उनले भने, ‘फागुन २ मा अहिलेसम्मको प्रगतिबारे मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराउनेछ।’

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ७ : ३५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस