मध्यपहाडी लोकमार्ग दैनिक साढे ६ घण्टा बन्द « Khabarhub

मध्यपहाडी लोकमार्ग दैनिक साढे ६ घण्टा बन्द


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत-मध्यपहाडी लोकमार्गको विस्तारका लागि दैनिक साढे ६ घण्टा सडक बन्न हुने भएको छ । पर्वत र कास्कीको सीमाना नयाँ पुलदेखि कुश्मा नगरपालिका–१ को अर्मादी खण्ड बुधबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको हो ।

बिहान १० बजेदेखि अपराह्न साढे २ बजेसम्म र अपराह्न साढे चार बजेदेखि सात बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

लोकमार्गको डिमुवादेखि बेतनीबीचको माहुरी भिर, चुवाको भिर र अर्मादीको भिरमा सडक फराकिलो बनाउने काम गर्न सडक बन्द गर्न लागिएको उनले जानकारी दिए । मध्यपहाडी सडक निर्माण आयोजनाअन्तर्गत लामा कन्ट्रक्सन प्रालिले उक्त खण्डमा निर्माणको काम तीव्र पारेको छ । ‘महभीर, चुवा र अर्मादीको भिरमा सडक फराकिलो बनाउन पहरा कटान गर्नुपर्ने भएकाले दैनिक साढे छ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको हो’, आयोजना प्रमुख आशिष थापा मगरले भने ।

त्यस्तै महभिरको वैकल्पिक मार्ग बनाउनका लागि मोदी गाउँपालिका र चुवामा वैकल्पिक मार्ग बनाउन कुश्मा नगरपालिका र तल्लो मोदी जलविद्युत् आयोजनासँग समन्वय गर्ने तयारीसमेत भएको छ । आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ ।

कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा सो खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ । अहिलेसम्म ३५ प्रतिशत काम सकिएको कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्दप्रसाद भुसालले जानकारी दिए । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ९ : ३२ बजे

चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो

म्याग्दी– स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीको आकर्षण

कालानमक धान लोप हुँदै

बाँके– बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ ।

सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

सुर्खेत– जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव आजदेखि सुरु हुँदै

जनकपुरधाम– जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी

एमाले सचिवालय बैठक बस्दै, ११औँ महाधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो