मध्यपहाडी लोकमार्ग दैनिक साढे ६ घण्टा बन्द | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्ग दैनिक साढे ६ घण्टा बन्द


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत-मध्यपहाडी लोकमार्गको विस्तारका लागि दैनिक साढे ६ घण्टा सडक बन्न हुने भएको छ । पर्वत र कास्कीको सीमाना नयाँ पुलदेखि कुश्मा नगरपालिका–१ को अर्मादी खण्ड बुधबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको हो ।

बिहान १० बजेदेखि अपराह्न साढे २ बजेसम्म र अपराह्न साढे चार बजेदेखि सात बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

लोकमार्गको डिमुवादेखि बेतनीबीचको माहुरी भिर, चुवाको भिर र अर्मादीको भिरमा सडक फराकिलो बनाउने काम गर्न सडक बन्द गर्न लागिएको उनले जानकारी दिए । मध्यपहाडी सडक निर्माण आयोजनाअन्तर्गत लामा कन्ट्रक्सन प्रालिले उक्त खण्डमा निर्माणको काम तीव्र पारेको छ । ‘महभीर, चुवा र अर्मादीको भिरमा सडक फराकिलो बनाउन पहरा कटान गर्नुपर्ने भएकाले दैनिक साढे छ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको हो’, आयोजना प्रमुख आशिष थापा मगरले भने ।

त्यस्तै महभिरको वैकल्पिक मार्ग बनाउनका लागि मोदी गाउँपालिका र चुवामा वैकल्पिक मार्ग बनाउन कुश्मा नगरपालिका र तल्लो मोदी जलविद्युत् आयोजनासँग समन्वय गर्ने तयारीसमेत भएको छ । आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ ।

कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा सो खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ । अहिलेसम्म ३५ प्रतिशत काम सकिएको कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्दप्रसाद भुसालले जानकारी दिए । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ९ : ३२ बजे

औषधिको मूल्यबारे अध्ययन गर्न सुझाव समिति गठन

काठमाडौं– उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा

‘अन्तर व्यवस्थापिका संघको महासभामा नेपालको सहभागिता उपलब्धीमूलक’

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघको

माथिल्लो तामाकोशी पुनर्निर्माणमा २ अर्ब ५० करोड लाग्ने

काठमाडौं– दोलखामा सञ्चालित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको

लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु

एजेन्सी – लेबनानको स्वास्थ्य मन्त्रालयले मंगलबार दक्षिण बेरुत अस्पताल नजिकै

दसैँपछि घोडेपानी र पुनहिलमा बढे पर्यटक 

गलेश्वर– चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको