‘बैना बट्टा’को छायांकन पूर्वी नेपालबाटै « Khabarhub

‘बैना बट्टा’को छायांकन पूर्वी नेपालबाटै


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘बैना बट्टा’ कोे शुभमुहूर्त गरिएको छ । प्रमुख अतिथि संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले क्यामेराको स्विच थिचेर चलचित्र बैनाबट्टाकोे शुभमुहूर्त गरेका हुन् ।

नरिवल फुटाएर नायक नायिका लगायत सम्पूर्ण चलचित्र यूनिटले क्यामेरा पूजा गरे । प्रेम लावतीको निर्माण रहेको चलचित्र ‘बैना बट्टा’मा राज चाम्लिङको कथा लेखन तथा निर्देशन रहनेछ ।

चलचित्रमा विशेष गरी पूर्वी नेपालका जनजातीहरुको जीवनमा आईपर्ने यथार्थ जीवनकथा तथा कला संस्कृतिलाई देखाइने निर्देशक राईले बताए । चलचित्रमा देवेन्द्र नेम्बाङ, कविता राई, बाबु मोक्तान र रश्मिला तामाङको अभिनय रहनेछ । यस्तै चलचित्रमा अन्य कलाकारहरुमा अर्जन श्रेष्ठ, पूर्ण पोर्तेल, नरेश बानेम, रिया सुब्बा, रोशन सिंह लिम्बु, प्रकाश थेबे, निरा राई लगायत रहनेछन् ।

सहायक निर्माताको रुपमा एबिराज आङदेम्बे, भवानी घिमिरे, बिक्रम नेम्वाङ, राम लावती, समिल राई, सुनिता लिम्बु, र यसराज योङहाङ रहका छन् । चलचित्रमा चार गीत रहनेछन् जसमा बुद्धराज इङबा, राज चाम्लिङ, सन्तोष राईको संगीत रहनेछ । पूर्वी नेपालबाटै चलचित्रको केहीदिनभित्र छायांकन थालिने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १० : ०८ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी