च्याम्पियन्स लिग– एमबाप्पे नायक बन्दा युनाइटेडलाई झट्का « Khabarhub

च्याम्पियन्स लिग– एमबाप्पे नायक बन्दा युनाइटेडलाई झट्का


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पेसनल किमपेम्बे र किलियन एमबाप्पेले गोल गर्दा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) ले च्याम्पियन्स लिगमा अन्तिम—१६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडमाथि जीत हात पारेको छ ।

वल्ड ट्राफोडमा मंगलबार राति भएको खेलमा घरेलु टोलीलाई पीएसजीले २—० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पाउल पोग्वाले खेलको अन्तिमतिर दुई पहेंलो कार्ड खाएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको युनाइटेडविरुद्ध खेलको ५३ औं मिनेटमा किमपेम्बेले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको ठिक ७ मिनेटपछि अर्थात् खेलको ६० औं मिनेटमा युवा स्टार एमबाप्पेले उत्कृष्ट गोल गर्दै टिमलाई दुई गोलको अग्रता दिलाए ।

केयर टेकर प्रशिक्षकको जिम्मेवारी सम्हालेपछिका ११ खेलमध्ये १० खेलमा युनाइटेडलाई जीत दिलाएका प्रशिक्षक ओले गनर सोल्सायरका लागि पहिलो हाफमा जेस्से लिङगार्ड र एन्थोनि मार्सेलको चोट टीमका लागि कमजोरी बनेको बीबीसीले उल्लेख गरेको छ ।

पहिलो लेगमा पराजित युनाइटेडले मार्च ४ मा पीएसजीको घरेलु मैदानमा पुनरागमनको प्रयास गर्नेछ । पीएसजीले ब्राजिलीयन स्टार खेलाडी नेयमार र स्ट्राइकर इडिन्सन काभानी मैदान बाहिर रहँदा पनि सहज जीत हासिल गरेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ११ : ५४ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही