कम्युनिस्ट विचारधारका सबै एक ठाउँमा हुन्छन् : प्रचण्ड « Khabarhub

कम्युनिस्ट विचारधारका सबै एक ठाउँमा हुन्छन् : प्रचण्ड


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका सम्पूर्ण कम्युनिस्ट विचारधाराका व्यक्तिहरु एकै ठाउँमा उभिएर अघि बढ्ने बताएका छन् । जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यो कार्यक्रममार्फत शहीदहरुको सपना र संकल्प पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।

नेपालमा कम्युनिस्ट पार्टीहरुको स्थापनाको प्रसंग कोट्याउँदै विगतमा एकले अर्कोलाई निषेध गर्दै आएका कम्युनिस्ट पार्टीहरु अब एक भएर अघि बढ्ने बताए । नेपालमा कम्युनिस्ट आन्दोलन सुरु भएको सात दशक भएपनि पछिल्लो तीन दशकको अवस्था संसदीय व्यवस्था लागू गर्ने, वैदेशिक हस्तक्षेपको अन्त्य गर्ने जनयुद्धका माध्यमबाट सत्ता परिवर्तन गर्ने एजेन्डा लिएर अघि बढेपनि अहिले सबै एकै राजनीतिक धारमा आइसकेको बताए ।

कम्युनिस्ट पार्टी सबैका आन्दोलन पनि देशमा सामन्तवादविरुद्ध लड्ने धाराको रुपमा अघि बढेको बताए । देशलाई समृद्ध बनाउने स्वगीर्य मदन भण्डारी पनि नेपालका कम्युनिस्टका लागि आदर्श पात्र रहेको भन्दै उनले भण्डारीकै सम्मानका लागि जेठ तीन गते पार्टी एकताको घोषणा गरेर अघि बढेको बताए ।

नेपालको कम्युनिस्ट आन्दोलन लोकतान्त्रिक प्रक्रियाबाट बलियो भएर आएको भन्दै प्रचण्डले अब जनताको आशालाई पूरा गर्न नेकपा नेतृत्वको सरकार अघि बढ्ने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ११ : ५६ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र