उपत्यका प्रहरी : कारवाहीभन्दा पुरस्कृत धेरै « Khabarhub

उपत्यका प्रहरी : कारवाहीभन्दा पुरस्कृत धेरै


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकामा कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्यामा वृद्धि भएको छ । विगतका समयमा प्रहरीले घुस लिने र अनावश्यक सेवाग्राहीलाई दुःख दिने गरेपछि कारवाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने सङ्ख्यामा वृद्धि भएको हो ।

महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षमा पुरस्कार हुनेमा ३१२ प्रहरी अधिकृत तथा जवान रहेका छन् भने कारवाही हुनेमा २१२ प्रहरी अधिकृत तथा जवान रहेका छन् ।

पुरस्कृत हुनेमा प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी उपरीक्षक दुई, प्रहरी नायब उपरीक्षक तीन, प्रहरी निरीक्षक १४, प्रहरी नायब निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४७, प्रहरी हवल्दार ६१, प्रहरी जवान १४९ र प्रहरी कार्यालय सहयोगी तीन जना रहेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गरिएको बताउँछन् । “घुस फिर्ता गर्ने, जोखिममा परेकालाई उद्धार गर्ने, सफल अनुसन्धान गर्ने, फरार अभियुक्तलाई पक्राउ गर्ने, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्नेलाई पुरस्कृत गर्ने गरेका छौँ”, उनी भन्छन् ।

यस्तै कारवाही पर्नेमा प्रहरी नायब उपरीक्षक दुई, प्रहरी नायब निरीक्षक १२, प्रहरी सहायक निरीक्षक १०, प्रहरी हवल्दार ४८, प्रहरी जवान १३६ र प्रहरी कार्यालय सहयोगी चार जना रहेका छन् ।

कारवाही परेकामा नशिहद ८८ जना, निलम्बन ४८ जना, पदोन्नति रोक्का आठ जना, तलब वृद्धि घटुवा १८ जना, तलब वृद्धि रोक्का १५ जना, बर्खास्त एक, सेवाबाट हटाइएका १९ जना र शुरुको स्केलमा घटुवा १५ जनालाई गरिएको छ ।

प्रहरीले मङ्सिरदेखि हालसम्म प्रहरीलाई घुस दिन खोज्ने ३६ चालक तथा सहचालकलाई पक्राउसमेत गरिसकेको छ । ट्राफिक प्रहरीले पक्राउ त्यस्ता चालक तथा सहचालकलाई पक्राउ गरी प्रहरीलाई बुझाउँदै आएको छ ।

कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री एक/दुईजना प्रहरी कर्मचारीका कारण प्रहरी सङ्गठन नै बदनाम हुने गरेकाले कार्यालयले पुरस्कार र कारवाहीको अभियान सञ्चालन गरेको बताउँछन् । “राम्रो काम गर्ने र पुरस्कार पाएका प्रहरी अधिकृत तथा जवानको बढुवामा समेत सकारात्मक प्रभाव पार्नेछ”, उनी भन्छन् ।

काठमाडौँ उपत्यकामा हाल १८ वृत्त र तीन परिसरबाट मुद्दा चल्दै आएको छ । कार्यालयदेखि चौकीसम्म १६७ एकाइबाट सुरक्षा प्रदान गर्दै आइरहेको छ । काठमाडौँ उपत्यकाभित्र ११ हजार ३१९ प्रहरीको दरबन्दी भएपनि हाल झण्डै १० हजार प्रहरीले सुरक्षा प्रदान गरिरहेका छन् ।

कार्यालयले उपत्यकाभित्र प्रहरीले गरेका कामलाई नजरअन्दाज गर्न रानीपोखरीबाट विशेष ड्युटीसमेत खटाएको छ । उपत्यकाभित्र हुने अपराध न्यूनीकरण र प्रहरीले गरेको कामको अनुगमनका लागि विशेष ड्युटी खटाएको हो ।

प्रहरी कर्मचारीलाई हौसला प्रदान गर्न घुससहित पक्राउ गर्ने प्रहरी कर्मचारीलाई कार्यालयका हाकिमले फोन गरेर धन्यवादसमेत दिने गरेका छन् । कार्यालयले प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गरी मुद्दासमेत चलाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १२ : ५६ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार