बस र टेम्पो एकआपसमा ठोक्किए, एकको मृत्यु « Khabarhub

बस र टेम्पो एकआपसमा ठोक्किए, एकको मृत्यु


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा आज बिहान स्कूल बस र टेम्पो एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना ४ ख ४९०४ नम्बरको स्कूल बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ च ३४२० नम्बरको टेम्पो एकापसमा ठोक्किँदा टेम्पुमा सवार मिर्चैया नगरपालिका–२ निवासी २७ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए । सोही दुर्घटनामा परी गम्भीर घाइते एकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

जङ्गली हात्तीको आतङ्क

सिरहाको उत्तरी क्षेत्रमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि स्थानीय जाग्राम बस्न बाध्य भएका छन् । चुरे जङ्गलसँग जोडिएको सिरहाको गोलबजार नगरपालिका–३ जमदह, मुसहर्निया र गोलागाउँमा केही दिनदेखि जङ्गली हात्तीले घर, शौचालय भत्काउनुका साथै गहुँबारी, टमाटरलगायतका खेती नष्ट पार्न थालेपछि स्थानीयवासी हात्ती धपाउन जाग्राम बस्न बाध्य भएका हुन् ।

रातिको समयमा जङ्गलबाट हात्ती आउने र घर भत्काएर धनजनको क्षति पु¥याउने गरेकाले स्थानीय समूह बनाएर जाग्राम बस्ने गरेको गोलबजार नगरपालिका–३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले जानकारी दिए ।

जङ्गलबाट गाउँ पसेका हात्तीको समूहले स्थानीय लक्ष्मण राईको थाङ्ग्रामा राखिएको करीब सात क्विन्टल मकै खाएको वडाध्यक्ष मोक्तानले जानकारी दिनुभयो । यस्तै मुसहर्निया गाउँका प्रकाश मल्लिकको शौचालय भत्काउनुका साथै भान्सा घरमा राखिएको करीब ३० केजी चामल खाएको हात्तीले चिनीमाया तामाङको भान्सा घर भत्काएको स्थानीयवासीले बताएका छन् ।

हात्तीले जमदह गाउँका गोपाल बुढाथोकीको भान्साघर पनि भत्काएको छ । बुढाथोकीले भने, “छोराछोरीसहित सुतिरहेका बेला आएको हात्तीको समूहले भान्सा भत्काउन थालेपछि आफूहरु सुतेको घरको खाटमुनि लुकेर ज्यान जोगायौँ ।”

यस्तै स्थानीयवासी रमेश साह र कृष्णदेव साहको करीब १० कठ्ठा क्षेत्रफलमा लगाइएको गहुँबाली नष्ट पार्नुको साथै दुई कट्ठामा गरिएको गोलभेँडा खेतीसमेत नष्ट गरेको छ । करीब दुई महीनाअघि पनि जङ्गली हात्तीको समूहले जमदहका तीन जनाको घर भत्काइ दिनुका साथै घरमा राखेको धान चामलसमेत खाएको वडाध्यक्ष मोक्तानले बताए ।

त्यस्तै धनगढीमाई नगरपालिका–१३ मा पर्ने उत्तरी गाउँमा पछिल्लो तीन दिनदेखि जङ्गली हात्तीको कारणले स्थानीय बासिन्दा आतङ्कित भएका छन् । हात्तीले भुल्किया जोगी डाँडाका राजेन्द्र लामा र सुवे यादवको घर भत्काउनुका साथै भकारीमा राखिएको धान चामल खाएको वडाध्यक्ष सूर्यमान तामाङले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १ : ३० बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै