बस र टेम्पो एकआपसमा ठोक्किए, एकको मृत्यु « Khabarhub

बस र टेम्पो एकआपसमा ठोक्किए, एकको मृत्यु


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा आज बिहान स्कूल बस र टेम्पो एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना ४ ख ४९०४ नम्बरको स्कूल बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ च ३४२० नम्बरको टेम्पो एकापसमा ठोक्किँदा टेम्पुमा सवार मिर्चैया नगरपालिका–२ निवासी २७ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए । सोही दुर्घटनामा परी गम्भीर घाइते एकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

जङ्गली हात्तीको आतङ्क

सिरहाको उत्तरी क्षेत्रमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि स्थानीय जाग्राम बस्न बाध्य भएका छन् । चुरे जङ्गलसँग जोडिएको सिरहाको गोलबजार नगरपालिका–३ जमदह, मुसहर्निया र गोलागाउँमा केही दिनदेखि जङ्गली हात्तीले घर, शौचालय भत्काउनुका साथै गहुँबारी, टमाटरलगायतका खेती नष्ट पार्न थालेपछि स्थानीयवासी हात्ती धपाउन जाग्राम बस्न बाध्य भएका हुन् ।

रातिको समयमा जङ्गलबाट हात्ती आउने र घर भत्काएर धनजनको क्षति पु¥याउने गरेकाले स्थानीय समूह बनाएर जाग्राम बस्ने गरेको गोलबजार नगरपालिका–३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले जानकारी दिए ।

जङ्गलबाट गाउँ पसेका हात्तीको समूहले स्थानीय लक्ष्मण राईको थाङ्ग्रामा राखिएको करीब सात क्विन्टल मकै खाएको वडाध्यक्ष मोक्तानले जानकारी दिनुभयो । यस्तै मुसहर्निया गाउँका प्रकाश मल्लिकको शौचालय भत्काउनुका साथै भान्सा घरमा राखिएको करीब ३० केजी चामल खाएको हात्तीले चिनीमाया तामाङको भान्सा घर भत्काएको स्थानीयवासीले बताएका छन् ।

हात्तीले जमदह गाउँका गोपाल बुढाथोकीको भान्साघर पनि भत्काएको छ । बुढाथोकीले भने, “छोराछोरीसहित सुतिरहेका बेला आएको हात्तीको समूहले भान्सा भत्काउन थालेपछि आफूहरु सुतेको घरको खाटमुनि लुकेर ज्यान जोगायौँ ।”

यस्तै स्थानीयवासी रमेश साह र कृष्णदेव साहको करीब १० कठ्ठा क्षेत्रफलमा लगाइएको गहुँबाली नष्ट पार्नुको साथै दुई कट्ठामा गरिएको गोलभेँडा खेतीसमेत नष्ट गरेको छ । करीब दुई महीनाअघि पनि जङ्गली हात्तीको समूहले जमदहका तीन जनाको घर भत्काइ दिनुका साथै घरमा राखेको धान चामलसमेत खाएको वडाध्यक्ष मोक्तानले बताए ।

त्यस्तै धनगढीमाई नगरपालिका–१३ मा पर्ने उत्तरी गाउँमा पछिल्लो तीन दिनदेखि जङ्गली हात्तीको कारणले स्थानीय बासिन्दा आतङ्कित भएका छन् । हात्तीले भुल्किया जोगी डाँडाका राजेन्द्र लामा र सुवे यादवको घर भत्काउनुका साथै भकारीमा राखिएको धान चामल खाएको वडाध्यक्ष सूर्यमान तामाङले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १ : ३० बजे

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी

पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई भेटे ओलीले

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पितृशोकमा रहेका