प्रधानमन्त्री रोजगार कार्यक्रम नेपालीलाई सवल र सक्षम नागरिक बनाउने कार्यक्रम हो–अर्थमन्त्री « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम नेपालीलाई सवल र सक्षम नागरिक बनाउने कार्यक्रम हो–अर्थमन्त्री


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम सबै नेपालीलाई सवल र सक्षम नागरिक बनाउने कार्यक्रम भएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कार्यक्रममा अर्थमन्त्री खतिवडाले श्रम बजारमा आवद्ध नहुने नागरिकलाई राज्यले सामाजिक सुरक्षा दिने बताए । उनले यो कार्यक्रमको आशय सबै नागरिकलाई श्रममा जोड्नु भएको बताए ।

सामाजिक सुरक्षालाई दिगो र धान्नसक्ने बनाउनका लागि युवाशक्तिलाई श्रम बजारमा आवद्ध गर्नुपर्ने उनको भनाइ थियो । ‘युवा शक्तिलाई श्रम बजारमा आवद्ध गर्न सकेनौं भने हामीले दिने सामाजिक सुरक्षालाई दिगो र धान्न सक्ने हुन्छ सक्दै’ उनले भने,‘श्रम बजारमा आवद्ध नहुने नागरिकलाई राज्यले सामाजिक सुरक्षा दिने हो’ ।

अर्थमन्त्री खतिवडाले अव मुलुक सर्वव्यापी सामाजिक सुरक्षामा गएको बताए ।

श्रमहरु औपचारिककरण हुनुपर्छ भन्दै अर्थमन्त्री खतिवडाले अनौपचारिक कामहरु शोषणयुक्त हुने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमले श्रमलाई मर्यादित, सम्मानजक ज्इाला, श्रमको सम्मान गर्ने वातावरण हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  २ : १६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया