धनगढी– बलात्कार आरोप लागेका दिल्प दमाईलाई कैलाली प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।
कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार भागेका अभियुक्त दमाइलाई जिल्ला प्रहरी कार्यालयको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
कैलाली लम्कीचुहा नगरपालिकाका २३ वर्षीया दमाइ कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार थिए । दमाईमाथि बालिका बलात्कार गरेको आरोप छ ।
उनको खुट्टामा गोली लागेको छ । उपचारका लागि दमाईलाई सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सेनाका अनुसार, उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर पक्राउ गरिएको हो ।
प्रतिक्रिया