प्रधानमन्त्री रोजगार कार्यक्रम– कस्तो अवस्थामा पाइन्छ बेरोजगार भत्ता ? | Khabarhub Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम– कस्तो अवस्थामा पाइन्छ बेरोजगार भत्ता ?


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– सरकारले देशमै रोजगारीको सिर्जना गर्दै बेरोजगार अन्त्य गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम बुधबारदेखि सञ्चालनमा आएको छ ।

यो कार्यक्रम अनुसार सरकारले युवाहरुलाई रोजगारी दिन नसके निर्वाह भत्ताको वितरण गर्नेछ । भत्ता वितरणका लागि पनि विभिन्न मापदण्ड तोकिएको छ । युवालाई रोजगारी दिन नसकेको यो अवस्थामा निर्वाह भत्ता वितरण गरिने छ व्यवस्थगा गरिएको छ ।
कस्तो अवस्थामा पाइन्छ निर्वाह भत्ता ?

परिवारको कुनै पनि सदस्यले तोकिए बमोजिमको रोजगारी नपाएमा,
नेपाल सरकारले तोकेभन्दा कम वार्षिक आय भएका परिवारलाई,
परिवारको कुनै पनि सदस्य स्वरोजगारमा संग्लन नभएमा,
परिवारको कुनै सदस्य वैदेशिक रोजगारीमा नगएको भएमा,
काम गर्नै नसक्ने अशक्त र असहाय परिवारका सदस्यलाई,
बेरोजगार सहायता रकम प्रत्येक आर्थिक वर्षको असारमसान्तभित्र व्यक्तिको बैंक खातामा जम्मा गरिनेछ । त्यसका लागि सम्बन्धित स्थानीय तहले नै शून्य मौज्दातमा बेरोजगारको नाममा बैंक खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ ।

रोजगारीका लक्षित क्षेत्र

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम पाइने क्षेत्रहरु सरकारी जागिर होइन । यो दैनिक ज्यालादारीमा आधारित काम हुन्छ । जसका लागि सरकारले १४ वटा सम्भावित क्षेत्रहरु पहिचान गरेका छ ।

सरकारले पहिचान गरेका क्षेत्र कृषि, सहकारी तथा पशु विकास, ऊर्जा, सिंचाई तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाई छन्। त्यस्तै वन तथा वातावरण, पर्यटन प्रवद्र्धन, सडक यातायात, शिक्षा, युवा तथा खेलकुद, पुनर्निमाण, सामूदायिक पूर्वाधार निर्माण, ठूला तथा राष्ट्रिय गौरव, सूचना तथा संचार प्रविधि, उद्योग लघु उद्यम, साना तथा घरेलु उद्योग र स्थास्थ्य सेवा जस्ता क्षेत्रमा रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारको छ ।

वर्षमा एकलाखले पाउँछन् रोजगारी

बेरोजगार युवाको तथ्यांक र रोजगारीका अवसर लगायतका तथ्यांक संकलन गर्ने उद्देश्यले सरकारले प्रत्येक स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिना (माघ मसान्त) भित्र ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र सञ्चालनमा ल्याएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल वार्षिक ५ लाखभन्दा बढी युवा रोजगारीका लागि आन्तरिक श्रम बजारमा भित्रिने गरेको श्रम मन्त्रालयको अध्ययनले देखाएको छ । तर, आन्तरिक श्रम बजारमा बढीमा ८० हजार युवाले मात्र रोजगारी पाउने गरेको मन्त्रालयको एक अध्ययनले देखाउँछ ।

स्वदेशमा रोजगारी नपाएर दैनिक १ हजार ५ सयभन्दा बढी युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिने गरेका छन् । यसरी विदेशिने

जनशक्तिलाई सरकारले आन्तरिक श्रम बजारमा खपत गर्ने लक्ष्यअनुसार रोजगार सूचना केन्द्र सञ्चालनमा ल्याएको जनाइएको छ ।

जसअनुसार, मन्त्रालयले वार्षिक १ लाख युवालाई आन्तरिक श्रम बजारमा रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।

हालसम्म औपचारिक तथा अनौपचारिक माध्यमबाट करिब ५३ लाख जनशक्ति विदेशिएको अनुमान गरिन्छ । जसमध्ये दक्ष जनशक्ति २ दशमलव ५ प्रतिशत, अर्धदक्ष २३ प्रतिशत र अदक्ष ७५ प्रतिशत छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  २ : ४० बजे

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– काठमाडौँको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आयोजना कटौती गरी एक खर्ब स्रोत जुटाउन सकिन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी

कर्मचारीलाई अर्थमन्त्रीले भने : हामी सँच्चिनुको विकल्प छैन

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण

हराएका हतियार खोज्दै प्रहरी

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेन-जी पुस्ता’ले गरेको आन्दोलनका क्रममा