ठगीको आरोपमा अधिवक्ता शिवाकोटी पक्राउ « Khabarhub

ठगीको आरोपमा अधिवक्ता शिवाकोटी पक्राउ


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रहरीले विभिन्न व्यक्तिबाट झन्डै तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा अधिवक्ता गोपाल शिवाकोटीलाई पक्राउ गरेको छ ।

विभिन्न ६७ जनालाई ठगी गरेको उजुरीकमा आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शिवाकोटीलाई मंगलबार कीर्तिपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बसन्त लामाका अनुसार, शिवाकोटीले काठमाडौंमा कन्सल्टेन्सी खोल्ने भन्दै अधिवक्ताहरूबाट दुई करोड ७६ लाख रुपैयाँ उठाएर ठगी गरेका हुन् ।

एजुकेशन कन्सल्टेन्सी नखोलिकन रकम पचाउन खोजेको भन्दै पूर्वमहान्यायाधिवक्ता पवनकुमार ओझा लगायतले उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अहिले शिवाकोटीविरुद्ध ठगी मुद्दामा अनुसन्धान अघि बढाएको बताएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ३ : १० बजे

यस्तो पोर्चुगलको टोली, रोनाल्डोले ६ पटक विश्वकप खेल्दा कोको परे टिममा ?

काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई समेट्दै फिफा विश्वकपका लागि पोर्चुगलको टोली

प्रहरीमा उजुरी दिन अब कार्यालय जानै नपर्ने

काठमाडौं । प्रहरीमा उजुरी दिन अब प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको

अस्ट्रेलियामा नेपालीको संख्या दुई लाख नाघ्यो

काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय

बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते

काठमाडौँ । बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली