बुवा र बोक्सीको प्रसंग सुनाउँदै ओलीले भने– नेकपाभित्र समस्या पार्ने कोशिश थामिनसक्नु छ ! « Khabarhub

बुवा र बोक्सीको प्रसंग सुनाउँदै ओलीले भने– नेकपाभित्र समस्या पार्ने कोशिश थामिनसक्नु छ !


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र समस्या पर्ने कोशिश थामिनक्नु रुपमा भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको बुधबार राष्ट्रिय सभागृहबाट शुभारम्भ गर्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेकपा भित्र फुट ल्याउने प्रयास भइरहेपनि त्यो सफल नहुने दाबी गरेका छन् । ‘नेकपा भित्र समस्या पार्ने कोशिश थामिनसक्नु छ’ ओलीले भने ।

बुबा र आमाबीच फाटो ल्याउन खोज्नेको दृष्टान्त दिँदै ओलीले भने–‘त्यस्तो प्रयास नगरे हुन्छ ।’

यस्तो थियो ओलीले दिएको दृष्टान्त–बुवाको कानमा गएर भन्ने ‘बा आमा बोक्सी छ !’ आमाको कानमा गएर भन्ने ‘आमा बुवा जड्या भइसके ।’ दुबैले पत्याउँदैनन् । फेरि बुवालाई गएर भन्ने ‘पत्याउँनु हुन्न के गर्ने आमा भरे मुख सुघ्न आउँछे’ फेरि आमालाई गएर भन्ने ‘तपाई पत्याउनु हुन्न नभए गएर मुख सुघ्नु न ! नभन्दै आमाले गएर मुख सुघ्छिन् । रक्सी त गनाएको हुँदैन तर बुवालाई पक्का हुन्छ, मुख त सुघ्न आइ बोक्सी त रहिछ !

‘यस्तो प्रयासहरु थुप्रै भएका छन् प्रयास नगरे हुन्छ’ ओलीले अगाडि भने,‘न यहाँ आमाले मुख सुघ्न जानेछन् न बाले बोक्सीको आरोप लगाउँछन् ।’

अन्तर्राष्ट्रि सम्बन्धहरु विगार्ने कोशिस भइरहेको भन्दै त्यस्ता प्रयासले केही काम नगर्ने ओलीको भनाइ थियो ।

सरकारले सुस्पस्ट विदेश नीति परराष्ट्रसमबन्धका उपयुक्त अधारहरुका साथ छिमेक सम्बन्धहरुको व्यवहार गरिरहेको ओलीको भनाइ थियो ।
‘कुनै छिमेकीका विरुद्ध कुनै कार्ड खेल्दैनौं’ ओलीले भने,‘ हाम्रो कोही शत्रु छैनन् सबै मित्र छन् ।’

कुनै सार्वभौम राष्ट्रमा कुनै समस्या छन् भने त्यहाँका जनताले संवादको मतबाट समस्या समाधान गर्नुपर्छ भन्दै ओलीले भने, ‘बाह्य हस्तक्षेप स्वीकार्य छैन । ’

पार्टी भित्र छिमेकी वा अन्तर्राष्ट्रिय मित्रले कुनै असमझदारी बढाउने प्रयास गर्छ भने यो असफल प्रयास हुने ओलीको भनाइ थियो । यस्तो वुद्धि ठिक ठाउँमा लगाएको भए देशको विकास हुने ओलीको कटाक्ष थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ३ : २१ बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको