‘उत्तर कोरियाले आफ्ना सबै आणविक हतियार त्याग्ने संभावना छैन’ « Khabarhub

‘उत्तर कोरियाले आफ्ना सबै आणविक हतियार त्याग्ने संभावना छैन’


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच हुने दोश्रो शिखर वार्ताको मिति नजिकिँदै गर्दा अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका कमाण्डरले उत्तर कोरियाले आफ्ना सबै आणविक हतियार त्याग्ने संभावना नरहेको जनाएका छन् ।

अमेरिकी सिनेटको आम्र्ड सर्भिस कमिटीको सुनुवाईका क्रममा अमेरिकी इण्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप डेभिडसनले उत्तर कोरियाले आफ्ना सबै आणविक हतियार त्याग्ने संभावना नरहेको जनाएका हुन् ।

उत्तर कोरियाले पछिल्ला केही वर्षमा आफ्ना आणविक तथा क्षेप्यास्त्र परीक्षण बन्द गरेकाले त्यस क्षेत्रमा स्थीरताको संकेत देखिएपनि उत्तर कोरियालाई पूर्ण रुपमा आणविक निशस्त्रीकरण गर्नका लागि अझै धेरै गर्न बाँकी रहेको डेभिडसनको भनाइ छ ।

गत महिना अमेरिकी राष्ट्रिय जासुसी निकायका निर्देशक डान कोट्सले पनि सिनेटको सुनुवाईका क्रममा उत्तर कोरियाले आफ्ना सम्पूर्ण हतियार त्याग्ने संभावना नरहेको जनाएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ४ : १५ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा