भन्सार छली गर्ने भारतीय नागरिकविरुद्ध ३६ करोडको मुद्दा दर्ता « Khabarhub

भन्सार छली गर्ने भारतीय नागरिकविरुद्ध ३६ करोडको मुद्दा दर्ता


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजश्व अनुसन्धान विभागले रुपन्देहीको भैरहवा नाकाबाट अवैध रुपमा चोरी पैठारी गर्ने एक भारतीय नागरिकविरुद्ध ३६ करोड बढी बिगो दावी गर्दै मुद्दा दर्ता गरेको छ ।

भारतीय नागरिक अमित कुमार सहनीले फर्म दर्ता गर्नु अगाडि नै भैरहवा नाकाबाट भन्सार चोरी पैठारी गरेको भन्दै विभागले बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

सहनी चोरी पैठारी गरी ल्याइएका मालवस्तुहरु गैर कर विजय जारी गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत छलेको विभागको दावी छ ।

सहनीले नेपालस्थित विभिन्न बैंकमा आफ्नो र अन्य व्यक्तिका नाममा खाता खोलेर भारतमा गएर एटीएममार्फत उक्त रकम झिक्ने गर्दथे ।

सहनीले आर्थिक वर्ष २०६७/०६८ देखि २०७५/७६ सम्म भन्सार छली गरेको विभागको अनुसन्धानबाट फेला परेको छ । विभागले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा बमोजिम सहनीविरुद्ध भन्सार महशुलतर्फ ९ करोड ६१ लाख २६ हजार २ सय ८, मूल्य अभिवृद्धि करतर्फ ३ करोड १३ लाख ९ हजार ६ सय ४७ र आयकरतर्फ २ करोड २० लाख ७९ लाख ७ सय ८२ रुपैयाँ गरी कूल १४ करोड ९५ लाख १५ हजार ६ सय ६६ रुपैयाँ बिगो कायम हुने दावी गरेको छ ।

विभागले सहानीविरुद्ध ऐनको दफा २३ को (१) बमोजिम हदैसम्मको जरिवानावापत २९ करोड ९० लाख ३१ हजार रुपैयाँ र कैद सजाय माग गरेको छ । साथै विदेशी विनिमय अपचलनतर्फ विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा (१७) को उपदफा (१) बमोजिम २ करोड ३ लाख ६७ हजार २ सय ६० रुपैयाँ जरिवाना र ३ गुणासम्म जरिवाना गरी थप ६ करोड ११ लाख १ हजार ७ सय ८० रुपैयाँ जरिवाना र कैद सजाय माग गरेको छ ।

विभागले सहानीविरुद्ध कूल ३६ करोड १ लाख ३३ हजार १ सय ८ रुपैयाँ जरिवाना र कैद सजाय माग दावी गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ३ : ५२ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको