क्रिसमस टापुको आप्रवासन बन्दीगृह पुनः खोलिने « Khabarhub

क्रिसमस टापुको आप्रवासन बन्दीगृह पुनः खोलिने


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियन प्रधानमन्त्री स्कट मरिसनले क्रिसमस टापुमा रहेको विवादास्पद आप्रवासी बन्दीगृह पुनः खोल्ने जनाएका छन् ।

यसअनुसार अब अष्ट्रेलिया जाने अवैधानिक आप्रवासीलाई क्रिसमस टापुमा रहेको बन्दीगृहमा बन्दी बनाइने छ । अष्ट्रेलियाकै प्रशासनमा रहेको क्रिसमस टापु अष्ट्रेलियाबाट २५ सय किलोमिटर पश्चिममा हिन्द महासागरमा अवस्थित छ ।

अष्ट्रेलियाले त्यसबाहेक पपुवा न्यूगिनीको मानुस टापु र नाउरुमा पनि अवैधानिक आप्रवासीलाई बन्दीगृहमा राख्ने गरेको छ ।

क्रिसमस टापुको आप्रवासन बन्दीगृह गत वर्ष बन्द गरिएको थियो । त्यस्ता बन्दीगृहमा यताना र अन्य जघन्य अमानवीय ज्यादती हुने गरेको संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संघ संगठनले प्रतिवेदन निकाल्दै आएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : ३५ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ