समाचार

मलेसियाका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

By खबरहब

February 13, 2019

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई बुधबार नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।