राजश्व चुहावटमा संलग्न ८ जना विरुद्ध आरोपपत्र दायर « Khabarhub

राजश्व चुहावटमा संलग्न ८ जना विरुद्ध आरोपपत्र दायर


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपसी मिलेमतोमा भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी राजश्व चुहावट गर्ने कार्यमा संलग्न रहेको आरोपमा आठ जनाविरुद्ध बुधबार विशेष अदालतमा आरोपत्र दायर गरेको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत भन्सार अधिकृत पवित्रकुमार खड्का, सोही कार्यालयका नायब सुब्बा धिरजकुमार थापा, मितेरी इन्टरनेशनल ट्रेडर्सका प्रोपाइटर सुमन श्रेष्ठ र रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर तथा सवारीधनी धनबहादुर तामाङ, नेपाल बङ्गलादेश बैंकले गाडी नामसारी गर्न पत्राचार गर्ने आकाश श्रेष्ठ, गाडी जिम्मा लिएका व्यक्ति निरञ्जन त्रिपाठी र गाडी चालक डम्बरबहादुर श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरेको हो ।

उनीहरुविरुद्ध जनही सात करोड ५९ लाख ६३ हजार १९० रुपैयाँ १२ पैसा बिगो मागदाबी गरिएको छ । भन्सार अधिकृतको मिलेमतोमा उनीहरुले थाइल्याण्डमा निर्मित दुई हजार १६० जोडी महिलाले लगाउने जुत्ताको उत्पत्ति मुलुक चीन देखाई उत्पत्तिको मुलुक फरक पारी गलत घोषणा गरिएकामा रसुवा भन्सार कार्यालयबाट जरिवाना नगरी छाडिएको अनुसन्धानका क्रममा पाइएको अख्तियारले जनाएको छ ।

त्यस्तै आयोगले अदालतमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु पाँच लाख घुस लिएको आरोपमा जिल्ला अदालत बबरमहलका फाँट नं २६ मा कार्यरत नायब सुब्बा भोलानाथ चालिसेविरुद्ध समेत विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर गरेको पुष्टि भएका निज चालिसेसँग रु पाँच लाख बिगो जरिवाना र कैद सजया मागदाबी लिई आरोपपत्र दायर गरेको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा विचाराधीन रहेको सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय कम गराइदिने भन्दै निज नासु चालिसेले सेवाग्राहीसँग घुस मागेका आयोगले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १० : २१ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको