राजश्व चुहावटमा संलग्न ८ जना विरुद्ध आरोपपत्र दायर « Khabarhub

राजश्व चुहावटमा संलग्न ८ जना विरुद्ध आरोपपत्र दायर


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपसी मिलेमतोमा भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी राजश्व चुहावट गर्ने कार्यमा संलग्न रहेको आरोपमा आठ जनाविरुद्ध बुधबार विशेष अदालतमा आरोपत्र दायर गरेको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत भन्सार अधिकृत पवित्रकुमार खड्का, सोही कार्यालयका नायब सुब्बा धिरजकुमार थापा, मितेरी इन्टरनेशनल ट्रेडर्सका प्रोपाइटर सुमन श्रेष्ठ र रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर तथा सवारीधनी धनबहादुर तामाङ, नेपाल बङ्गलादेश बैंकले गाडी नामसारी गर्न पत्राचार गर्ने आकाश श्रेष्ठ, गाडी जिम्मा लिएका व्यक्ति निरञ्जन त्रिपाठी र गाडी चालक डम्बरबहादुर श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरेको हो ।

उनीहरुविरुद्ध जनही सात करोड ५९ लाख ६३ हजार १९० रुपैयाँ १२ पैसा बिगो मागदाबी गरिएको छ । भन्सार अधिकृतको मिलेमतोमा उनीहरुले थाइल्याण्डमा निर्मित दुई हजार १६० जोडी महिलाले लगाउने जुत्ताको उत्पत्ति मुलुक चीन देखाई उत्पत्तिको मुलुक फरक पारी गलत घोषणा गरिएकामा रसुवा भन्सार कार्यालयबाट जरिवाना नगरी छाडिएको अनुसन्धानका क्रममा पाइएको अख्तियारले जनाएको छ ।

त्यस्तै आयोगले अदालतमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु पाँच लाख घुस लिएको आरोपमा जिल्ला अदालत बबरमहलका फाँट नं २६ मा कार्यरत नायब सुब्बा भोलानाथ चालिसेविरुद्ध समेत विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर गरेको पुष्टि भएका निज चालिसेसँग रु पाँच लाख बिगो जरिवाना र कैद सजया मागदाबी लिई आरोपपत्र दायर गरेको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा विचाराधीन रहेको सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय कम गराइदिने भन्दै निज नासु चालिसेले सेवाग्राहीसँग घुस मागेका आयोगले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १० : २१ बजे

लुम्बिनीका मुख्यमन्त्री चेतनारायणले पाए विश्वासको मत : पक्षमा ४५, विपक्षमा २६ मत

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका

प्रतिनिधिसभाबाट ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार

परराष्ट्रले अर्थमा पठायो ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’

काठमाडौं– परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा शव फिर्तीसम्बन्धी

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

काठमाडौं– सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि

सांसदले उठाएको प्रश्नको जवाफ तीन दिनभित्र दिन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौं– आज प्रतिनिधिसभाको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले