दुर खोलाले बगाउँदा २ को मृत्यु « Khabarhub

दुर खोलाले बगाउँदा २ को मृत्यु


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर-मकवानपुर जिल्लाको कैलाश गाउँपालिका-१० नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको शव स्थानीय प्रहरीले आज बिहान खोजतलास गर्दा फेला परेको हो । मकवानपुरमा बाढीले बगाउँदा एक छात्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले शुक्रबार जनाएको छ ।

अविरल वर्षातले गर्दा त्रिभुवन राजपथको महभिरमा पहिरो र रुख ढल्नाले हेटौँडा-काठमाडौँतर्फको यातायात सेवा आजै बिहानैदेखि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

यसैगरी अविरल परेको वर्षात्ले भैँसेदेखि निबुवाटारबीचको स्थानमा पहिरो जाँदा हेटौँडा-भीमफेदीतर्फ यातायात सेवा पनि अवरुद्ध भएको छ । यसैगरी हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सिस्नेरी र फाखेल तर्फको सडकखण्डमा शुक्रबारदेखि यातायात सेवा अवरुद्ध भएको छ ।

हेटौँडा-कुलेखानी-फाखेलतर्फको पहिरो हटाई यातायात सेवालाई सञ्चालन गर्न प्राविधिक र डोजर त्यसतर्फ पठाइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा-नारायणगढ-सडकखण्डमा यातायात सेवा पनि आजै बिहानैदेखि सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ८ : ४३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी