सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, ३० ढोका खोलियो | Khabarhub Khabarhub

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, ३० ढोका खोलियो


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी–अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै सप्तकोशीको कोशी व्यारेजमा पानीको बहाव उच्च भएकोछ ।

पानीको बहाव बढेसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बिहान ५ बजे मापन गरिएको पानी २ लाख २५ हजार ९ सय १५ क्युसेक प्रतिसेकेन्ड रहेकोमा ८ बजेको मापनमा बहाब बढेर २ लाख २८ हजार २ सय पुगेको छ ।

पहाडी क्षेत्रमा पानी पर्ने क्रम नरोकिएकाले बहाब अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

अहिले व्यारेजका ३० ढोका खोलिएको छ । ५६ वटा ढोका रहेको व्यारेजमा भारतीय समन्वयमा पानीको बहाब बढ्न थालेपछि खतराको चिन्ह राखेर ढोका खोल्ने गरिएको छ ।

लगातार पानीको बहाव बढेपछि कोशी प्रभावित क्षेत्रमा मानिसलाई सुरक्षित स्थानमा सर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

बिहान ९ बजे सूचना जारी गर्दै नेपाल बाढी सूचनाले नियमित अनुगमन गर्न आग्रह गरेको छ । सप्तकोशी नदी चतरामा जलसतहले खतरा तह पार गरेपछि सबैलाई सचेत रहन पनि बाढी सूचनाले आग्रह गरेको छ ।

सो क्षेत्रका सर्वसाधारणलाई एसएमएसमार्फत सूचना पठाएको भन्दै उचित व्यवस्थापन र अनुगमनका लागि जुट्न स्थानीय प्रशासनलाई आग्रह गरिएको छ । स्थानिय प्रसासनको समन्वयमा कोशीको तटबन्ध र व्यारेज नियमित अनुगमन गर्नुपर्ने पनि उल्लेख गरेको छ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ९ : ३४ बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली