डोल्पामा बिरामीको बिजोग, विमानस्थलमै औषधि थन्कियो « Khabarhub

डोल्पामा बिरामीको बिजोग, विमानस्थलमै औषधि थन्कियो


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करिब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको छ । नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै थन्किएको हो ।

औषधि यही थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ । जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले नेपालगञ्जदेखि जुफाल उडान हुन नसकेको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

मौसममा खराबी आएर जहाजले उडान भर्न नसकेपछि बिमानस्थल बन्द भएको उनले बताए । दुई सातादेखि अस्पतालमा ३० जनाभन्दा धेरै बिरामी भर्ना गरिएका छन् । औषधि अभाव हुन थालेपछि माथिल्लो निकायमा माग गरिएको औषधि नेपालगञ्जमै थन्किएको निमित्त अस्पताल प्रमुख डा सिजन रावलले बताए । ‘“हरेक दिन बिरामी थपिइरहेका छन्, भुँइमा बिरामी राखेका छौँ, तर औषधिको पीरलो भइरहेको छ’, डा रावलले भने, ‘यदि औषधि सकियो भने अन्य कुनै पनि विकल्प डोल्पामा छैन, निकै चिन्तित भएका छौँ ।’

मौज्जात औषधि सकिँदै गएको अस्पतालले जनाएको छ । विमानस्थलमा चार दिनदेखि बाक्लो हुस्सुले ढाकेको छ । दैनिक उडानको आसमा बसेका यात्रुसमेत मर्कामा परेका छन् । मौसममा खराबी आएपछि नेपालगन्जबाट उडान भर्दै आएका तारा, गोमा, नेपाल एयरलाइन्सलगायतका सरकारी तथा निजी विमान कम्पनीले उडान भर्न नसकेको समिट एयरका स्टेशन इञ्चार्ज पूर्णजङ्ग शाहीले बताए।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १० : ०७ बजे

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही